श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताउनु भयो ।

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीहरुमात्र निलम्वन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भुमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘पुस १३ गते शुक्रमवार भएको इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिन निर्णय भएको उहाँले बताउनु भयो ।

यसरी नै दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने उहाँले जानकारी दिनुभयो ।

घटना सम्बन्धित साना कर्मचारीहरुमात्र निलम्वन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रीपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको उहाँले सुनाउनु भयो ।

उहाँका अनुसार उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भुमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिएकको उहाँले बताउनु भयो । यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्र ितथा मन्त्रिपरिषद्को कर्यालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको उहाँले सुनाउनु भयो ।

सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक श्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।

यस अघि आजको बैठकमा एमालेका सांसद रघुजी पन्तले सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको बताउनु भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरेको बताउनु भएको थियो ।

पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्‍याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको बताउनु भएको थियो ।

साथै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गर्नुभएको थियो । बैठकमा उहाँले मन्त्री ज्वालाको त्यस बेला गतिविधिको छानबिन गर्न समितिलाई माग समेत गर्नुभएको थियो ।

'त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।' उहाँको भनाइ थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?