सानालेख शिवरात्री मेला: खेल र मनोरञ्जनको संगम

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखसाइड युथ क्लवको आयोजनामा पाँचौ शिवरात्री मेला भव्यताका साथ सम्पन्न भएको छ ।

स्थानीय युवाहरुले देश विदेशमा रहेका सानालेखवासीहरुबाट सहयोग जुटाएर संचालन गरेको सो मेला खेल र मनोरञ्जनको संगम बनेको थियो ।लोपोन्मुख संस्कृतिको संरक्षण,खेलप्रतिभाहरुको पहिचान,सामाजिक योगदानको मूल्याङ्कन गर्ने उद्धेश्यले हरेक वर्ष महाशिवरात्री पर्वको अवसर पारेर मेला आयोजना गर्ने गरिएको लेखसाइड युथ क्लवका अध्यक्ष धु्रव थापाले बताउनुभयो ।

२०७५ सालमा बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५ सय अनुदान र बाँकी रकम देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट सहयोग जुटाएर क्लवमा आबद्ध युवाहरुले साढे ६ लाख रुपैयाँ खर्चगरी सामुदायिक भवन निर्माण र २ लाख भन्दा बढीको लागतमा खेलमैदान निर्माण गरेका थिए ।

आँफैले रातदिन मेहिनेत गरेर निर्माण गरेको सामुदायिक भवन र खेल मैदानमा आयोजित पाँचौं महाशिवरात्री मेला पनि युवाहरुले अत्यन्त आकर्षक र सभ्य तरिकाले सम्पन्न गरेका छन् ।

मेलामा साविकका वडास्तरीय भलिबल,खुल्ला भलिवल प्रतियोगिता,छेलो प्रतियोगिता,पुरुष लठोतान्ने प्रतियोगिता,महिला लठो तान्ने प्रतियोगिता,खुल्ला एकल नृत्य प्रतियोगिता लगाएत विविधि साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

साविक ज्यामरुककोट वडास्तरीय भलिबल प्रतियोगितामा सेभेन ब्रदर तमाने ५ प्रथम र राधाकृष्ण सामुदायिक कल्व गौश्वारा द्धितीय हुन सफल भएका छन् । त्यसैगरी २१ टिमको सहभागिता रहेको खुल्ला भलिबल प्रतियोगितामा पनि सेभेन ब्रदर्स तमाने प्रथम भएको छ भने मिरमिरे युथ क्लव छापले द्धितीय स्थान प्राप्त गरेको छ ।

त्यसैगरी पुरुष छेलो प्रतियोगितामा मोहन खड्का प्रथम हुनुभएको छ भने महिला छेलामा सुमित्रा शर्माले प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएको क्लवका उपाध्यक्ष नारायण शर्माले जानकारी दिनुभएको छ ।त्यसैगरी पुरुष लठो तान्ने प्रतियोगितामा आयोजक लेखसाइड युथ क्लव सानालेख प्रथम भएको छ भने महिला लठो तान्ने प्रतियोगिता पनि आयोजक क्लवले नै जितेको छ ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले यस्ता प्रतियोगिताले युवाहरुमा सृजनशीलता विकसित हुनुका साथै स्थानीय कला,संस्कृति र खेल प्रतिभाहरुको पहिचान र संरक्षणमा पनि सहयोग पुग्ने बताउनुभएको थियो । प्रतियोगिताका विजयीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?