काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएको छ । लोयल्टी एकेडेमीले मण्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र आठ अफिसियललाई सम्मान गरेको हो । उहाँहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय सम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गर्नुभयो ।
सम्मानबापत टोलीलाई लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ प्रदान गर्यो । महिला दिवसको अवसर पारेर विद्यालयले महिला सशक्तीकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाउनुभएको छ ।
लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो । सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुनुहुन्छ । विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान गर्यो ।
सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्ज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
सो अवसरमा पूर्वमन्त्रीसमेत रहनुभएका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गर्नुभयो । गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदा उपाधि विमुख भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच