काठमाडौं । नयाँ सरकारको अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्तिसँगै निरन्तर बढ्दोक्रममा रहेको सेयर बजार बुधबार भने थोरै घटेको छ । मंगलबार ५८.५८ अंकले बढेको नेप्से २.४८ अंकले घटेर २१०८.७२ अंकमा झरेको हो । कारोबारमा आएका १३ समूहमध्ये सातवटा घटेका छन् भने छवटा बढेका छन् । होटल तथा पर्यटनमूलक सर्वाधिक १.१४ र जलविद्युत् १.०९ प्रतिशतले घटेकामा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक, व्यापार, बैंकिङ र लगानी समूह घटेका छन् । फाइनान्स सर्वाधिक २.३२ प्रतिशतले बढेको छ ।
चार अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा बुधबार तीन सय १० कम्पनीका एक करोड ८ लाख ८९ हजार छ सय ३४ कित्ता सेयर चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ रुपैयाँको कारोबार भएको छ । मंगलबार चार अर्ब ५५ करोड १६ लाख रुपैयाँ कारोबार भएको थियो ।
बुधबार चार कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । विन नेपाल लघुवित्तको सर्वाधिक ९.९९, उन्नति सहकार्य लघुवित्त ९.५८, आत्मनिर्भर लघुवित्त ९.२२ र समाज लघुवित्तको ९.०३ प्रतिशतले बढेको हो ।
जनउत्पादन सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, गुराँस लघुवित्त, गणपति लघुवित्त, धौलागिरि लघुवित्त र ग्रिन लाइफ हाइड्रोपावर शीर्ष १० कम्पनीभित्र समेटिएका छन् । तर, अपर तामाकोशीको सेयरमा भने नकारात्मक सर्किट लागेर मूल्य घटेको छ । दोर्दीखोला जलविद्युत् ४.५७, सिद्धार्थ इक्विटी फण्ड ३.२०, बलेफी हाइड्रोपावर ३.०९ र नबिल ब्यालेन्स्ड फण्ड-२ को इकाई मूल्य २.९९ प्रतिशतले दरले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट्सको २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल २० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्स २० करोड ६३ लाख, अपर तामाकोशी १५ करोड ५४ लाख र गोर्खाज फाइनान्सको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच