सर्लाही । सर्लाहीको बरहथवामा जङगली जनावरलाई छेक्न खेतमा लगाइएको नाङ्गो तारमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ ।
गए राति साढे १० बजेको समयमा पिसाब फिर्न निस्केका बरहथवा नगरपालिका-१४ बिनमा टोलका ४५ वर्षीय शिवजी साह तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । जङगली जनावर बाट सुरक्षाका लागि स्थानीय नरेश साह बनियाले मृतक तेलीको घर नजिकै रहेको आफ्नो तरकारी बारीमा लगाएको नाङ्गो तारमा करेन्ट लागेर उनकाे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार धारुले बताउनुभयाे ।
तेलीकाे शव परिक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ । घोरगधा, नीलगाई, बदेल, बादर, हरिणलगाएतका जनावरले खेत बारिमा लगाईएको बाली खाने भएपछि स्थानिय किसानले विद्युतिय पासो थाप्ने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच