संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित सदन अवरुद्ध गर्दै आइरहेको छ । सोमबार रातिको बैठकमा समिति बनाउने सहमति भएको थियो ।

मंगलबारको बैठकले समितिको विषयमा मस्यौदा बुझाउने र बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको थियो । तर, ओलीको अनुपस्थितिमा बैठक बस्न सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?