म्याग्दी । धार्मिक तथा पौष्टिक महत्वले युक्त जौ बाली धौलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाको पुस्ता चिन्तित बनेको छ ।
मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारको रूपमा मानिने र धार्मिक कार्यहरुमा अनिवार्य ठानिने कृषिउपज जौ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।
बेनी नगरपालिका वडा नं २ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले जौ खानका लागि पौष्टिक र धार्मिक कार्यका लागि अनिवार्य चाहिने महत्वपूर्ण बाली भएको बताउनुभयो । त्यसका साथै गाई र्भौसीका लागि पनि जौ अत्यन्त उपयोगी खुराक भएको उहाँको भनाइ छ । “धार्मिक महत्व समेत रहेको जौ को मानवलाई मात्र नभएर पशुचौंपायाँलाई समेत निकै उपयोगि खाद्य हो । जौलाई भुटेर पीडाको रूपमा दिएपछि यसले दुहुनु गाई, भैँसीलाई निकै फाइदा दिने गर्दछ ।”
मालिका गाउँपलिका ६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यति बेला यहाँका स्थानीयले दही र महीसँगै जौको सातु बनाएर खाने गरेको बताउनुभयो ।
मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौबाट नै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौको बारेमा ज्ञान नहुँदा पछिल्लो समय जौ खेती बिस्तारै लोप हुँदै गएको पुनले बताउनुभयो ।
म्याग्दीका बेनी नगरपालिकाका साथै मंगला,मालिका,धौलागिरि,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका सवै वडाहरुमा फल्ने जौ पछिल्लो समय किसानहरुले लगाउनै छोडेपछि लोप हुने अवस्थामा पुगेको मंगला गाउँपालिका २ का हरिकृष्ण पौडेलले बताउनुभयो ।
बाथ, मधुमेह, उच्चरक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकाहरूलाई जौले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीले जौ लगाउन छोडेर गहुँ खेती गर्दै आएका छन् ।
बालबालिकाहरूको स्वास्थ्यमा पनि जौले निकै फाइदा दिने गरेको छ । जौ भुटेर सातुको रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् ।
विवाह र देउताको पूजापाठमा समेत जौ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौ खेती लगाउने गरेकोमा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच