राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

हिमालय टाइम्स
Read Time = 1 min

जलेश्वर । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका-४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका-५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका-८ मा निर्मित सहिद केशव कोईरालाको सालिक अनावरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो । सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर हुन् भन्दै उहाँहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताउनुभयो ।

उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?