काठमाडौं । यस साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको सुरुको तीन दिनसम्म उच्च रेकर्डमा रहेको मूल्य चौथो दिनदेखि भने क्रमशः घटेको थियो । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको प्रभाव सुनको मूल्यमा परेकाले साताका पछिल्ला दिनमा भने मूल्यमा कमी आएको विश्लेषकहरूले बताएका छन् । नेपाली बजारमा पनि यस साता सुनको मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख आठ हजार २५ रुपैयाँ रहेको सुनको मूल्य चार दिनसम्म क्रमशः घटेर पाँचौँ दिन बिहीबार सामान्य बढेपछि साताको पछिल्लो कारोबार दिन शुक्रबार फेरि घटेर एक लाख सात हजार पाँच सय १० रुपैयाँ कायम भएको थियो ।
उक्त मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम पाँच सय १५ रुपैयाँले कम हो । चाँदीको मूल्य भने सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार दुई सय ६४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार एक सय ९२ रुपैयाँ कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच