काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका विदेश सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । उनी १५ लाख धरौटीमा रिहा भएका हुन् ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।
त्रिभुवन विमानस्थलबाट बरामद भएको १३८ किलो सुन प्रकरणमा जोडिएका गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको थियो ।
१ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएकोमा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो।
उक्त धरौटी बुझाएर गुरूङ छुटिसकेका छन्।
सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।
गुरुङ काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सुन प्रकरणमा जोडिएको पाएपछि सीआईबीले गत फागुन १४ गते पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच