जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्म संचालनहुने जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी २०८१ वैशाख महिनाको १ गतेदेखि संचालनहुने भएको छ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिँदै क्लबका अध्यक्ष सरोज शाहीले भन्नुभयो, '४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनमा स्वदेशी तथा विदेशी खेलाडीको सहभागीहुने भएको छ।' अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो। यो पाँचौ म्याराथन प्रतियोगिता हो। यसअघि ०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो। कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन् ।
समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन जिल्लाको डाँफे लेक, चुच्चेमारा लेकहुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालको छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यवसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्छन्। अनुमानित एक हजार बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा राखिएको छ।४९ किमितर्फ प्रथमहुने धावकलाई एक लाख,दोस्रोहुने धावकलाई ७५ हजार,तेस्रोहुने धावकलाई ५० हजार , चौथोहुनेलाई २० हजार र पाँचौ हुने धावकलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताका उत्कृष्ट १० खेलाडी थप पुरस्कृत गरिने छ । म्याराथन सम्पन्न गर्न ३५ लाख खर्चहुने अनुमान गरिएको छ। म्याराथनमा सहभागीहुने सार्कका धावकहरुले १४ हजार ५ सय , अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई ७ हजार आवेदन शुल्क तोकिएको कर्णाली स्पोर्टस् क्लब जुम्लाले जनाएको छ।
जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमि ,खुला ५ किमि ,बालबालिका स्तरीय १ किमि ,विद्यालय स्तरीय ५ किमि ,ज्येष्ठ नागरिक ,बुबा-आमा दौड १ किमि ,कर्मचारी स्तरीय ५ किमि र उद्योग तथा व्यापारी स्तरीय ५ किमि दौड प्रतियोगिताहुने कर्णाली स्पोर्टस् क्लब जुम्लाले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच