काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राख्न सुझाव दिनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले आगामी वर्षको बजेटलाई बहुबली बजेटका रुपमा प्रश्तुत गरे हुने टिप्पणी गर्नुभयो ।
उहाँले ठूला नेताहरुको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताउनु भयो । उहाँले ठूला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकको बताउनु भयो । उहाँले अब सबै नेताहरुले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले सरकारले बजेट ठूला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले परियोजना बैंकको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गर्नुभयो । सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु छन् । उनीहरुको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ । त्यसले देश विकास हुन सकेन । नेतालाई गाली गर्न उभिएको होइन । हामीले एउटा अठोट गरौं । आजसम्म देश बिग्रियो अव देश बिग्रिन नदिने । कानूनी शासनको मान्यता होस् । बजेट आवश्यकताको आधारमा विनियोजन होेस् । परियोजना बैंकको आधारमा बजेट विनियोजन गरौं । ठूलो नेताको आधारमा २ अर्ब बजेट राख्नै प¥यो । अहिलेसम्म देश पछाडि पर्नुको कारण अहिलेसम्म उचित ठाउँमा लगानी भएन । लगानीको प्रतिफल आउन सकेन । दिन प्रतिदिन सरकारमाथि नेपालीहरुको विश्वास गुमेको छ । बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने थियो । त्यो प्रतिफल आउन सकेको छैन । कृषिको प्रतिफल आउन सकेको छैन । त्यो विचौलीयालाई हुन्छ । कृषिमा एनजीको आवश्यकता छैन ।’
उहाँले बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने बताउनु भयो । उहाँले कृषिको प्रतिफल समेत आउन नसकेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच