सवारी दुर्घटनाको खबर नआएको दिन हुँदैन । साँघुरो र जीर्ण सडक तथा चालकको लापरबाहीले दुर्घटना न्यूनीकरण हुनसकेको छैन । दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास हुन्छन् तर दुर्घटनामा नागरिकले अनाहकमा मृत्युवरण गरिरहनुपर्ने अवस्था यथावत् छ । दैनिक हुने साना दुर्घटनामा त कसैको ध्यान जाँदैन तर जब ठूलो दुर्घटना हुन्छ तबमात्र राज्यसंयन्त्रले छानविन समिति बनाउनेदेखि राहतका कुरा उठाउँछ । पीडामा परेकाबाहेक केही दिनमै सबैले यी कुरा बिर्सछन् । पीडक पीडामै हुन्छन्, दुर्घटना गराउने सहजै उम्कन्छन् । यही नियतिले पछिल्लो समय सडक दुर्घटनाका समाचार सुनिँदै आइएको छ ।
पछिल्लो पटक फेरि बागलुङ निसी खोलामा अर्को ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति हुन पुगेको छ । यसअगाडि पनि विभिन्न ठाउँमा लगातार यस्तै प्रकारका दुर्घटना भएका थिए । तिनमा यात्रीहरूले ज्यान गुमाउनुका साथै घेरै जना घाइते भएका थिए । हाल निसीखोलामा भएको दुर्घटना पनि यस्तै खालका दुर्घटनाहरूको पुनरावृत्ति हो । यस्ता दुर्घटनाका सम्भाव्य कारणका विद्यमानता हाम्रो देशमा छँदैछ । यस्ता कारणहरूमा कमी ल्याउन हामीले सकेका छैनौँ । यस्ता दुर्घटना पटक–पटक दोहोरिने गरिरहेका हुन् भन्दा फरक पर्दैन ।
यस्ता कारण उधिन्न थाल्ने हो भने त्यसको तरंग सबैतिर पुग्न सक्छन् । शासक, प्रशासक, व्यापारी, ठेकदार सबैको बद्नियत यस्ता दुर्घटनामा जोडिन पुग्छ । बद्नियतपूर्ण व्यवहार र सोच नै मूलकारण हो भन्दा अन्यथा हुँदैन । पहिलो कुरा बाटाको अवस्था राम्रो नहुनु यस्ता दुर्घटनाको कारण बन्न सक्छ । बाटो नराम्रो भन्ने बित्तिकै त्यसमा ठेकदारको कमजोर काम गराइ यसमा जोडिन पुग्छ र त्यसो हुनुमा माथिदेखि तलसम्मको मिलेमतोसमेत हुन सक्छ । जे जसरी बाटो बनाउने सम्झौता भएको हुन्छ ठेकदारले त्यसरी बाटो नबनाएका खण्डमा त्यसलाई स्वीकृत गर्ने पक्षले स्वीकृत नगर्ने वा पास नगर्ने हो भने ठेकदारले सुरुमै राम्रो काम गर्छ तर हाम्रोमा सबैको मिलिभगतमा यस्ता कमसल काम गर्ने परम्परा नै बसिसकेको हुँनाले ठेकदारलाई पनि त्यस्ता कुरा थाहा हुन्छ ।
नियन्त्रण बाहिरको अचानक हुने कल्पना नगरिएको घटना भएकै कारण त्यसलाई दुर्घटना भन्ने गरिएको हो । तैपनि त्यसलाई सावधानी, सतर्कता र सचेतताका कारण कम गर्न भने सकिन्छ । चालकको कमजोरीका कारणले समेत दुर्घटनाहरू हुने गरेका छन् । कतिपय अवस्थामा सहचालकले गाडी चलाएका कारण गाडी दुर्घटनामा पर्न सक्छन् । त्यसैले यस क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएका अधिकारीहरूले यस्ता कागजात बेलाबेलामा जाँच गरिरहनुपर्छ । चालकले मादक पदार्थको सेवन गरेर पनि दुर्घटना हुने गरेका छन् ।
यसमा पछि सम्बद्ध पक्षलाई विभिन्न तरिकाले मनाउन र यस्ता कार्य पास गर्न सकिन्छ भन्ने आत्मविश्वास हुन्छ । त्यसैले उसले सुरुदेखि कमजोर काम गर्न थाल्छ । बनाएको केही महिनामै बाटामा खाल्डाखुल्डी पर्न थाल्छन् र यस्ता बाटामा गुढ्ने सवारीसाधन दुर्घटनामा पर्ने प्रबल सम्भावना रहन्छ । अर्कातिर बाटामा गुड्ने गाडीहरू ज्यादै पुराना बेलाबेलामा बिग्रिरहने र मर्मतसम्भार गरिरहनुपर्ने खालका छन् । निश्चित समयसम्म चलिसकेका गाडीहरूलाई विस्थापित गर्दै लानुपर्नेमा ती यातायात व्यवसायीहरू आफ्नो पहँुचले सत्तासीनहरूलाई समेत प्रभाव पार्नसक्ने क्षमताका हुने गरेकाले जति पुराना भए पनि गुड्न सक्ने अवस्थामा रहुन्जेल गुडाइरहने गरिन्छ । दुर्घटना पटक–पटक दोहोरिइरहने गरेका छन् । व्यवसायीहरूका अगाडि सरकार निरिहजस्तै बन्ने गरेको छ ।
यससम्बन्धी कडा नियम कानुनको व्यवस्था गरी निश्चित समयावधि तोकेर त्यसभन्दा पुराना यातायातका साधनलाई हटाउन सक्ने हो भने दुर्घटनामा कमी हुनसक्ने थियो । यसबारे सबैलाई थाहा छ तर यसो हुन सकिरहेको छैन । हुन त दुर्घटना भनेको कसैको नियन्त्रणमा हुँदैन । नियन्त्रण बाहिरको अचानक हुने कल्पना नगरिएको घटना भएकै कारण त्यसलाई दुर्घटना भन्ने गरिएको हो । तैपनि त्यसलाई सावधानी, सतर्कता र सचेतताका कारण कम गर्न भने सकिन्छ । चालकको कमजोरीका कारणले समेत दुर्घटनाहरू हुने गरेका छन् । कतिपय अवस्थामा सहचालकले गाडी चलाएका कारण गाडी दुर्घटनामा पर्न सक्छन् । त्यसैले यस क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएका अधिकारीहरूले यस्ता कागजात बेलाबेलामा जाँच गरिरहनुपर्छ । चालकले मादक पदार्थको सेवन गरेर पनि दुर्घटना हुने गरेका छन् ।
यतातिर प्रहरीको निगरानी पुग्न सक्नुपर्दछ । अन्य खालका कारबाहीका साथै तिनलाई सचेततासम्बन्धी तालिमको व्यवस्थासमेत गर्नु जरुरी छ । एकातिर मानवीय कमजोर र अर्कातिर यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेका छन्, साथै कतिपय अवस्थामा काबुबाहिरको परिस्थितिले दुर्घटना हुने गरेका छन् । यसमा भने कसेको लापरबाही हुँदैन, यान्त्रिक कारण हुँदैन र चालकले मादक पदार्थ सेवन गरेको वा सहचालकले गाडी चलाएको अवस्था पनि हुँदैन तर दुर्घटना भइदिन्छ । सचेत, अनुभवी र परिपक्व उमेरको चालक भएर पनि बाढी, पहिरो, आँधीहुरीलगायतले दुर्घटना निम्तिन सक्छ । यस्तो नितान्त दुर्घटना हो ।
यिनलाई टार्न नसकिएला तर मानिसले चाहेका खण्डमा कम गर्न सकिन्छ । यसका लागि सर्वपक्षीय प्रयास हुनु आवश्यक छ । हालैको निसीखोलाको दुर्घटनामा भने चालकको लापरबाही सिधा रूपमा पुष्टि हुन आएको छ । गाडी छुट्ने ठाउँबाट ढिलो गरी हिँडाएर अत्यत्त तीव्र गतिमा गाडी चलाएको भनेर दुर्घटनाबाट बाँचेकाहरूले भनिरहेका छन् । यात्रीहरूले गति कम गर्न आग्रह गर्दा पनि चालकले नमानेको भनिरहेका छन् । यस्तो अवस्थामा भने यो मानवीय लापरबाही नै प्रमाणित हुन पुग्छ । यस्ता चालक दुर्घटना गराएर आपूm बाँचेका अवस्थामा कडाभन्दा कडाकारबाही गर्न नहिच्किचाउने हो भने यस्ता दुर्घटनामा कमी आउन सक्छ । यसतर्फ सबैले विचार पु¥याउनै पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच