![रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर, १७ असारमा सजाय निर्धारण हुने](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/bamjan-1.jpg)
सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताललाई २१ लाख ५५ हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । हेल्पिङ्ग ह्याण्ड नामक संस्थाले आज ईश्वरपुर नगरपालिका–६, स्थित बयलवासमा रहेको नगर अस्पताललाई एक कार्यक्रमको आयोजना गरी लाखौँको स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
पूर्वमन्त्री रिजवान अन्सारी, मधेश प्रदेश सभा सदस्य विमला अन्सारी र कार्यक्रम व्यवस्थापक जीव पोखरेलको उपस्थितिमा सहयोगी संस्थाले ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रञ्जितादेवी चौधरी, नगर अस्पतालका इन्चार्ज डा. दीर्गनारायण दास र नगर स्वास्थ्य संयोजक सुगेन्द्र महतोलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नगर अस्पताललाई शय्या (बेड), स्टेचरसहितका स्वास्थ्य सामग्री प्रदान गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिनुभयो ।
नगरप्रमुख आचार्यले हेल्पिङ्ग ह्याण्डले ठूलो परिमाणमा महँगा स्वास्थ्य सामग्री प्रदान गरेर अस्पताल सञ्चालनका लागि टेवा पु-याइदिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नगर अस्पताल ईश्वरपुरमा आजैदेखि २४ सैँ घण्टा स्वास्थ्य सेवा समेत प्रारम्भ गरिएको छ । साँझ तथा रातको समयमा हुने सामान्य किसिमका सवारी दुर्घटना तथा अन्य स्वास्थ्य समस्याका बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको भन्दै चौतर्फी जनगुनासो आएपछि आवश्यक स्वास्थ्यकर्मीको प्रवन्ध मिलाएर २४ सैँ घण्टा सेवा सञ्चालन गरिएको नगर अस्पताल ईश्वरपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच