काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा कम्पनीले विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरु भई घण्टाघर-भद्रकाली–जमल हुँदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । कम्पनीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय बानेश्वरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । सो अवसरमा ५५ भन्दा बढी सहभागीले रक्तदान गरेका थिए ।
शान्तिनगरस्थित असहाय वृद्धवृद्धाका लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहारबिहार र देशैभरि विभिन्न शाखा कार्यालयमार्फत् सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । बिमा कम्पनीहरूको पुँजी वृद्धि गरी समग्र बिमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्न बिमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बिमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बिमा कोष १२. ६९ अर्ब रहेको छ । कम्पनीले देशभर १७५ शाखा सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच