![न्यून चापीय प्रणालीको प्रभाव कायमै, मेघगर्जनसहित वर्षाको सम्भावना](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Weather-Mausam-pani-paro-Hita-.jpg)
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ ।
गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो ।
मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४६ रन बनाए भने रोहित पौडेलले ४३ रन बनाएका थिए । त्यसैगरी तिलक बर्माले २५ र टिम डेविड तथा कप्तान हार्दिक पाण्डेयले ११/११ रन बनाएका थिए ।
त्यसैगरी गुजरात टाइटन्सका बलर अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २(२ विकेट लिएका थिए भने साइ किशोरले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन बनाएका थिए । त्यसैगरी राहुल तेवातियाले २२, रिद्धिमान शाहले १९, अज्मतुल्लाह ओमरजाईले १७ रन बनाएका थिए ।
त्यसैगरी मुम्बई इण्डियन्सका बलर जसप्रित बुमराहले सर्बाधिक ३ विकेट लिए भने गेराल्ड कोएत्जेले २ तथा पियुष चावलाले एक विकेट लिएका थिए ।
यो जितपछि गुजरातले महत्वपूर्ण २ अंक हासिल गरेको छ भने मुम्बईले आइपिएल सिजनको पहिलो खेलमा फेरी हार बेहोरेको छ । मुम्बईले २०१३ यताका आइपिएलको पहिलो खेलमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच