रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।

लोसपाका कार्यकारिणी समितिका सदस्य समेत रहनुभएका शुक्ला तेस्रो पटक सो क्षेत्रबाट सांसद चुनिनु भएको हो । क्षेत्र नम्बर ४ को ७६ हजार ६ सय ७५ मत गणना हुदा शुक्लले २८ हजार मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताउनु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत ल्याउनु भयो । यादव सोही क्षेत्रका निवर्तमान सांसद समेत हुनु हो ।

जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत पाउनु भयो । कुल १ लाख दस हजार ६ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशत अर्थात ७७ हजार ६४ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?