बागलुङ-पोखरा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङ-पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङल इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । सुरुवाति चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । विद्युतीय सवारी साधानको बढ्दो माग र प्रयोग हुन थालेपछि सेवा प्रा.लिले पहिलो पटक बागलुङ-पोखराका लागि विद्युतीय माइक्रोबस संचालनमा ल्याएको उहाँको भनाइ छ ।

एक करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउनुहुन्छ । एउटा गाडीको मुल्य ५५ लाख रुपैयाँ रहेको उहाँको भनाइ छ । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदुषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने उहाँ बताउनुहुन्छ । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो - “प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारी साधान संचालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा-बागलुङ विद्युतीय माइक्रोबस सेवा संचालन गरेका छौँ, सुरुवाती चरणमा दुई वटा बस सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्धत पुर्याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।”

हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५०रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बागलुङ बसपार्कदेखि ट्राफिक चोक हुँदै बिहान ६ बजे, ८ः३० बजे, ११ः३०, ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने छ । अध्यक्ष केसीले विद्युतिय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताउनुभयो । जिल्लामा अधिकांश सवारी साधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुहरुले सास्ती भोग्ने गरेको बताउँदै त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने छ ।

बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले विद्युतीय बसको सेवा सुभारम्भ गर्नु भएको थियो । उहाँले समयानुकुल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरी यातायत सेवा प्रालिले पहिलो पटक यो सेवा विस्तार गरेकोमा धन्यबाद दिनुभयो । बजार क्षेत्रमा ध्वनी तथा वायु प्रदूषण हुनबाट रोक्न विद्युतीय गाडीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?