महाभारतको शान्ति पर्वको मोक्षधर्म पर्वमा राजा जनकको देहमा सुलभाको प्रवेश गर्ने वर्णन छ । युधिष्ठिरले सोध्छन् कुरुकुल राजर्षि शिरोमणि जहाँ बुद्धिको लय हुन्छ त्यो मोक्ष तत्वलाई गृहस्थ आश्रमको त्यागविना कुन पुरुषले प्राप्त गरेको छ, यो मलाई भन्नुहोस् । पितामह, यो मनुष्य देह जसरी स्थुल देहको त्याग गर्छ र जसरी स्थुल देहको आत्मा सूक्ष्म देहको त्याग गर्छ अर्थात् स्थुल तथा सूक्ष्म, यी दुवै देहको अभिमानले जसरी मुक्त हुनसक्छ र त्यसको त्यागको जुन स्वरूप छ र जुन मोक्षको तत्व छ, त्यो मलाई बताउनुहोस् । भीष्मले भने (भरतनन्दन, यस विषयमा जानकार मनुष्य जनक र सुलभाको संवादरूप यस प्राचीन इतिहासको प्रमाण दिइन्छ ।
प्राचीन समयमा मितिलापुरीका राजा जनक थिए, जो धर्मध्वज नामले प्रसिद्ध थिए । उनलाई सन्यासको (ग्राहस्थ आश्रममा रहेर पनि) जुन सम्यक ज्ञानरूप फल हो, त्यो प्राप्त भएको थियो । उहाँले वेदमा, मोक्षशास्त्रमा र आफ्नो शास्त्र (दण्डनीति) मा धेरै परिश्रम गर्नुभएको थियो । उहाँले इन्द्रियलाई एकाग्र गरी यस वसुन्धराको शासन गर्नुहुन्थ्यो । हे नरेश्वर, वेदहरूको ज्ञाता विद्वान पुरुष उहाँको त्यो साधुवृत्तिको समाचार सुनेर उहाँ जस्तै सज्जन हुने इच्छा गर्दथे । जनता खराब भएर नेताहरू खराब भएको भनेर पुष्पकमल दाहालले भनेका छन् तर हाम्रो शास्त्र भन्छ, राजा असल भए जनता असल हुन्छन् र राजा दुष्ट भए जनता पनि दुष्ट हुन्छन् ।
जो यस पृथ्वीको एकछत्र शासन गर्छ, उनी एकमात्र सार्वभौम नरेश पनि एकमात्र नगरमै बास गर्छन्, त्यो नगरमा पनि उसका लागि एकमात्र महल हुन्छ, जसमा ऊ निवास गर्छ त्यो महलमा पनि उसका लागि एकमात्र शैय्या हुन्छ जसमा ऊ शयन गर्छ ।
त्यस समयमा सुलभा नाम गरेकी एक सन्यासिनी योगधर्मको अनुष्ठानद्वारा सिद्धि प्राप्त गरी यो पृथ्वीको विचरण गरिरहन्थिन् । यस सम्पूर्ण जगतमा विचरण गर्दै सुलभाले यत्र तत्र सर्वत्र अनेक स्थानहरूमा त्रिदण्डी सन्यासीहरूको मुखबाट मोक्षतत्वको जानकारीको विषयमा मिथिलापति राजा जनकको नाम सुनिन् । उनीद्वारा भनिने अत्यन्त सूक्ष्म तर ब्रहृम विषयक वार्ता अरूको मुखबाट सुनेर सुलभाको मनमा यो सन्देह भयो कि के थाहा जनकको बारेमा जे कुरा सुनिरहेकी छु त्यो सत्य हो कि होइन् ? यो संशय मनमा उत्पन्न भएपछि उनको हृदयमा राजा जनकको दर्शनको संकल्प उदित हुन्छ ।
उनले योगशक्तिले आफ्नो पहिलाको शरीरलाई त्यागेर दोस्रो परम सुन्दर देह धारण गरिन् । अब उसको प्रत्येक अंग अनिन्द्य सौन्दर्यले प्रकाशित हुन लाग्यो । सुन्दर आँखीभौं भएकी ती कमलनयनी बाला वाणहरूझैँ तीव्र गतिले हिँडेर पलभरिमा विदेह देशको राजधानी जनकपुर पुगिन् । प्रचुर जनसमुदायले भरिएको त्यो रमणीय मिथिला नगरीमा पुगेर सन्यासिनीले भिक्षा लिने निहुँमा मिथिला नरेशको दर्शन गरिन् । उनको परम सुकुमार देह तथा सौन्दर्यलाई देखेर राजा जनक आश्चर्यचकित भए र मनमनै सोच्न लागे यी को हुन्, कस्की हुन अथवा कहाँबाट आएकी हुन् ? तदन्तर उनको स्वागत गरेर राजाले उनलाई सुन्दर आसन समर्पित गरे र उनको पाउ धोएर यथोचितपूजा गरे पश्चात् उत्तमोत्तम भोजन दिएर उनलाई तृप्त पारे ।
भोजन गरेर सन्तुष्ट भएकी सन्यासिनी सुलभाले सम्पूर्ण भाष्यवेत्ता विद्वानबीच मन्त्रीहरूबाट घेरिएर बसेका राजा जनकसँग केही प्रश्न गर्ने विचार गरिन् । नेत्रहरूको किरणहरूद्वारा उनको नेत्रहरूको किरणहरूलाई संयत गर्दै योगबलले उनको चित्तलाई बाँधेर उनलाई बसमा गरिन् । हे नृपश्रेष्ठ ¤ तब राजा जनकले सुलभाको अभिप्रायलाई थाहा पाएर उनको सम्मान गर्दे मुस्कुराउँदै आफ्नो भावद्वारा उनको भावलाई ग्र्रहण गरे । अनि छत्र आदि राजचिहृनले रहित भएर राजा जनक र त्रिदण्डरूप सन्यास चिहृनबाट मुक्त भएकी सुलभाको एउटै देहमा रहेर जुन संवाद भएको थियो त्यसलाई सुन्नुहोस् ।
जनकले सोधे, भगवती तपाईंलाई यो सन्यासको दीक्षा कहाँबाट प्राप्त भयो ? तपार्इंको कहाँबाट यहाँ शुभागमन भयो र कहाँ जानुहुन्छ ? जनक भन्दै गए कसैसँग नसोधीकन, उनको शास्त्रज्ञान, अवस्था र जातका बारेमा साँचो कुरा थाहा हुँदैन । अतः मसँग तपाईंको जुन समागम भएको छ यस अवसरमा यी सबै विषयमा जानकारीका लागि यथार्थ उत्तर जान्नु आवश्यक छ । छत्र आदि जुन राजोचित विशेष चिहृनहरू हुन, ती सबै अहिले मैले त्यागिसकेको छु । अतः तपाईंले मलाई अब यथार्थ रूपमा जान्नुहोस् । म तपाईंको सम्मान गर्न चाहन्छु, किनकि मलाई तपाईं सम्मानयोग्य लाग्छ । मैले पूर्वकालमा सर्वश्रेष्ठ मोक्ष विषयक ज्ञान जसबाट प्राप्त गरेको थिएँ, जसको उहाँबाहेक अरूले प्रतिपादन गर्न सक्ने छैनन् ।
त्यो ज्ञान र ज्ञानदाता गुरुको विषयमा पनि सुन्नुहोस् । पराशर गोत्री सन्यास धर्मावलम्बी वृद्ध महात्मा पञ्चशिख मेरो गुरु हुनुहुन्छ । म उहाँको प्रिय शिष्य हुँ । सांख्य ज्ञान, योगविद्या तथा राजधर्म, यी तीन प्रकारको मोक्षधर्ममा गन्तव्य मार्ग मलाई गुरुदेवबाट प्राप्त भइसकेको छ । यी विषयहरूमा मेरो सारा संशय दूर भइसकेको छ ।
धेरै पहिलाको कुरा हो आचार्यचरण शास्त्रोक्त मार्गबाट हिँड्दै, घुमीघामी यता आइपुग्नुभयो । वर्षा ऋतुको चार महिना म कहाँ सुखपूर्वक बस्नुभयो । उहाँ सांख्यशास्त्रको प्रमुख विद्वान हुनुहुन्छ र सारा सिद्धान्त उहाँलाई यथावत् रूपले प्रत्यक्ष जस्तै ठीक-ठीक ज्ञात छ । उहाँले मलाई त्रिविध मोक्षधर्म श्रवण गराउनुभएको छ, किन्तु राज्यबाट टाढा जाने आज्ञा दिनुभएन । यसरी उपदेश पाएर म विषयहरूको आसक्तिबाट विरत भई मुक्ति विषयक तीन प्रकारको समस्त वृत्तिहरूको आचरण गर्दैछु र एक्लै परमपदमा स्थित छु । वैराग्य नै यो मुक्तिको प्रधान कारण हो र ज्ञानबाट नै यो वैराग्य प्राप्त हुन्छ, जसबाट मनुष्य मुक्त हुन्छ । मनुष्य ज्ञानद्वारा नै मुक्ति पाउने यत्न गर्छन् ।
त्यस यत्नबाट महान् आत्मज्ञानको प्राप्ति हुन्छ । यो महान् आत्मज्ञान नै सुखदुःख आदि द्वन्द्वहरूबाट मुक्त गर्ने साधन हो, यही नै सिद्धि हो, जसले काललाई पनि नाघ्न सक्छ । मेरो मोह दूर भइसकेको छ । म समस्त संसर्गहरूलाई त्याग गरिसकेको छु । त्यसैले म यो ग्रर्हस्थ धर्ममा रहेर पनि बुद्धिको परम निद्र्वन्द्वता प्राप्त गरेको छु । जसरी जुन खेतलाई जोतेर निकै कोमल बनाइन्छ र यथा समय त्यसलाई पानीले सिंचित गरिन्छ, त्यहाँ रोपेको बीजले अंकुर उम्रिन्छ, त्यस्तै मनुष्यको शुभ अशुभ कर्म नै पुनर्जन्मको उत्पादन गर्छ । जसरी माटो वा कुनै भाँडोमा भुटेको बीज बीज नरहनाका कारण खेतमा अंकुर उत्पन्न गर्ने योग्य रहँदैन, यस प्रकार मेरो सन्यासी गुरु भगवान पञ्चशिखले मलाई जुन ज्ञान प्रदान गर्नुभएको छ त्यो निर्विज हो । त्यसैले विषयहरूको क्षेत्रमा अंकुरित हुँदैन ।
विकृति, विसंगति, भ्रष्टाचार, राष्ट्रद्रोह आज शासकवर्गको नशा नशामा बसेको छ, जनता पनि पथभ्रष्ट भइसकेका छौं । नीतिज्ञान छैन, हाम्रा धर्मग्रन्थहरूको अध्ययन छैन, संस्कार त्याग्यौं, अब युवाशक्ति देश त्याग्दै छन् । गर्भस्थ बच्चाले अमेरिकाको नागरिकता पाओस् भनेर बच्चा जन्माउन अमेरिका जाने गर्छौं ।
संवाद धेरै लामो छ, छोटकरीमा राजा जनक भन्छन् न त अकिंचनता (दरिद्रता) मा मोक्ष छ र न त किंचनतामा (आवश्यक वस्तुहरूले सम्पन्न हुनु) । धन र निर्धनता दुबै अवस्थामा ज्ञानबाटै जीवले मोक्ष प्राप्ति गर्छ । त्यसैले धर्म, अर्थ, काम तथा राज्यपरिग्रह, यी बन्धनहरूको स्थानमा हुँदाहुँदै पनि मलाई बन्धनरहित पदमा प्रतिष्ठित ठान्नुस् । उनको कुरा सुनेर सन्यासिनी सुलभा भन्छिन् जसरी लाहासँग काठ र धूलोसँग पानीको थोपा मिस्सिएर एक हुन्छन्, त्यसरी नै जगतमा प्राणीहरूको जन्म पनि कैयौं तत्वहरूको मेलले हुन्छ । शब्द, स्पर्श, रूप, रस र गन्ध तथा पाँचौं ज्ञानेन्द्रियहरू आत्माबाट पृथक त छन् परन्तु काष्ठमा सम्मिलित लाहाजस्तै आत्मासँग जोडिएका हुन्छन् । यसमा चेतना छैन ।
यसको साथै उनले अहंकारको बारेमा भन्छिन् जसरी आत्मालाई यसबाट मुक्त हुनुपर्छ कि यी वस्तु मेरा होइनन्, त्यसरी नै आत्मालाई यसबाट पनि मुक्ति हुनुपर्छ कि तिमी को हौ, कहाँबाट आएकी हौ । तपाईले ठीक भन्नु भयो, तर मेरो मान्यता छ कि जसलाई सच्चा ब्रहृमज्ञान प्राप्त हुन्छ, ऊ मौन बस्छ । ऊ सबै कामहरूबाट उदासीन, सदैव शान्त बस्छ । राजन, तपाईंले नै भन्नुभयो म सबैसँग समभाव राख्छु तब बारम्बार किन सोधिरहनु भएको छ, तपाईं कसको हो, कहाँबाट आउनुभएको हो ?
महाराज, जो यस पृथ्वीको एकछत्र शासन गर्छ, उनी एकमात्र सार्वभौम नरेश पनि एकमात्र नगरमै बास गर्छन्, त्यो नगरमा पनि उसका लागि एकमात्र महल हुन्छ, जसमा ऊ निवास गर्छ त्यो महलमा पनि उसका लागि एकमात्र शैय्या हुन्छ जसमा ऊ शयन गर्छ । मलाई लाग्छ, अझै तपाईंमा कमी छ, किनकि तपाईंलाई वादीप्रतिवादी, विजयपराजय, स्वपक्षपरपक्षको राम्रो ज्ञान छ, जो हुनुहुँदैन । शास्त्रार्थ पनि गर्नुहुन्छ, विजय प्राप्त गर्नु र पराजित गर्नुपर्छ भन्ने भावना पनि छ । अन्त्यमा राजा जनकले सुलभाको विचारसँग सहमति जनाए ।
यो हिमवत्खण्डको गौरवपूर्ण सुनौलो इतिहास छ तर हामी मृगमरिचिका झैँ सत्य खोज्दै देश बाहिर भौंतारी रहेका छौं । आफ्नो गर्विलो इतिहासलाई खोज्दैनौं, परायाको कठपुतली बनी आफ्नालाई परित्याग गरी बाहिर भौंतारिरहेका छौं । हामी नेपाली आज पथभ्रष्ट भएका छौं हाम्रो धर्म तथा संस्कृति अनुकूलको शिक्षा नभएकोले । विकृति, विसंगति, भ्रष्टाचार, राष्ट्रद्रोह आज शासकवर्गको नशा नशामा बसेको छ, जनता पनि पथभ्रष्ट भइसकेका छौं । नीतिज्ञान छैन, हाम्रा धर्मग्रन्थहरूको अध्ययन छैन, संस्कार त्याग्यौं, अब युवाशक्ति देश त्याग्दै छन् । गर्भस्थ बच्चाले अमेरिकाको नागरिकता पाओस् भनेर बच्चा जन्माउन अमेरिका जाने गर्छौं ।
नेपाललाई केवल लुटतन्त्रको स्वर्ग बनाउँदै यहाँ देश लुट्न बसेका छौं । शासक त छन् तर पराजित राष्ट्रको प्रतिनिधि शासकका रूपमा । शिक्षा स्थिति भ्रष्ट छ । हालै इण्डियाको उत्तराखण्डका विद्यालयहरूमा रामायणलाई पाठ्यक्रममा राखेर अनिवार्य विषय बनाइएको छ तर हामीमा यो साहस छैन । नेताहरूको मिथ्या भाषण, मिथ्या आश्वासन, बाहिर मृदु वचन भित्र लुकेको कुटिल आत्मालाई हामी चिन्न सक्दैनौं । घर वा मन्दिरमा गएर पूजाआजा गर्नु र व्रत बस्नुलाई धर्म ठान्ने भ्रममा हामी छौं, न आत्मा चिन्छौं न त परमात्मा, मोक्ष त टाढैको विषय हो ।
नेताहरूलाई सर्वेसर्वा ठान्छौं तर यिनीहरू सूर्योदय र सूर्यास्त पहिला देखिने अवास्तविक सूर्यजस्तै हुन् । जसरी वायुमण्डलको माध्यमले प्रकाशको अपर्वतनको (एउटा माध्यमबाट अर्को माध्यममा पुग्ने तरंगको गतिको दिशामा परिवर्तन हुनु) कारण सूर्य वास्तविक सूर्यभन्दा अलिपहिला र वास्तविक सूयास्तको अलिपछि पनि देखिन्छ तर त्यो वास्तविक सूर्य हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच