-पुरन साह
जनकपुरधाम । होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद जनकपुरधामले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनबाट यस वर्ष मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।
शिक्षक पेशा परित्याग गरि माओवादी जनयुद्व लडदै शान्तिपुर्ण राजनितिको मुलधारमा आएपछि एमाले हुदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्र्वपुर्ण योगदान पुरयाइ रहेको भन्दै महामुर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ ।
आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको छ । त्यसैगरि सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुरयाएवापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमुर्खको उपाधि मधेश सरकार अर्थमन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।
त्यसैगरि सदाबहार मुर्खको उपाधि प्रअ महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थाई मुर्ख, ग्रामिन परवाहा स्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।
यसका आलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ । मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्ष देखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच