
स्याङ्जा । स्याङ्जा समाज जापान र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले मुटु रोगी पुतलीबजार नगरपालिका वडा नं. १४ निवासी चन्द्रबहादुर गायकलाई नगद सहयोग गरेको छ ।
एक बर्ष अघि हृदयघात भई मुटुमा समस्या आई मनमोहन कार्डियोलोजी भास्कुलर काठमाण्डौंमा उपचाररत गायकलाई संयुक्त रुपमा १ लाख १६ हजार ५ सय रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।
गायकलाई स्याङ्जा समाज जापानका उपाध्यक्ष पुतलीबजार १४ निवासी भुवन गिरीको संयोजकत्वमा जापानमा रहेका ४८ जना नेपालीबाट सङ्कलित सहयोग रकम र संस्था समेतले १ लाख पाँच हजार र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले ११ हजार नगद सहयोग गरिएको हो ।
नगद हस्तान्तरण गर्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने अभियानले स्थापित समाजले विभन्न समयमा सहयोग गरिएको बताउनुभयो ।
अहिले जापान समाजको सक्रियतामा मुटुरोगी चन्द्रबहादुर गायकलाई नगद सहयोग उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पालिकासँगको सहकार्यमा दक्ष नेपालीको सीप, प्रविधि र प्राविधिकहरुको उपयोग र परिचालनमा समन्वय गर्नुपर्ने बताउनुभयो । विदेशी अनुभव र सीपको उपयोग नेपाली भूमिमा गर्न र नेपालको उत्पादन विदेशमा बजारीकरणका लागि आगामी दिनमा ध्यान दिनुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार टुकराज अर्यालले समस्यामा परेकाहरुलाई हाल सम्म ८ करोड बढी रकम सहयोग गरेको र संस्थाले १ करोडको अक्षयकोष समेत स्थापना गरेकाले थप सहजीकरण भएको बताउँदै विदेशमा रहेका नेपालीहरु संस्थासँग जोडिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा नं. १४ का अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, अधिवक्ता तुलसी गिरी, स्याङ्जा समाज जापानका बरिष्ठ उपाध्यक्ष बेद कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मीन क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चिरञ्जीवी ढकालले गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच