काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेण्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाउनुभएको छ ।
क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष/महिलामा समान ६-६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष/महिलामा समान १०-१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन् ।
प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि खेलाडी छनोटको आधारसमेत रहेको छ । समान तीन-तीन पुरुष/महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।
व्यक्तिगत पुम्सेबाट एक-एक पुरुष/महिला खेलाडी छानिनेछन् । सिनियरको स्पर्धाबाट समान दुई-दुई पुरुष/महिला गरी चार खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्नेछन् । सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । त्यो प्रतिस्पर्धामा समान दुई–दुई पुरुष÷महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन् ।
छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच