काठमाडौँ। नेपालले एसीसी महिला एसिया कप २०२४ खेल्ने पक्का भएको छ ।
यसअघि गत ४ फागुनमा एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदा एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसीसीले एसिया कप खेल्ने टोली ८ बनाउँदै नेपाललाई मौका दिएको हो । सेमिफाइनल पुगेको नेपालसहित थाइल्यान्डले पनि एसिया कप खेल्ने अवसर पाएको छ ।
नेपाल पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको सामना गर्ने भएको हो।
नेपाल समूह 'ए' मा रहेको छ। यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन्। यस्तै, समूह 'बी' मा आयोजक तथा साविकको उपविजेता श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
नेपालले समूह चरणको पहिलो खेल जुलाई १९ मा पकिस्तानसँग खेल्ने छ। दोस्रो खेल जुलाई २१ मा यूएईसँग खेल्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतसँग खेल्ने छ।
दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच