-रामचन्द्र रायमाझी
पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
उनी वैशाख २२ गते पोखरा भ्रमणबाट फर्कि स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ता उनको नदी किनारमा शव भेटिएको हो । अहमदको शवलाई पोष्मार्टका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच