अवैध विदेशी मुद्रासहित तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्‍वाङ पाल्मु लामा रहेका छन् ।

ईण्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएकाे प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?