काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ ।
बिहीबार अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाउनु भएको हो ।
यसअघि अर्याललाई माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा समेत थियो ।
नयाँ सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उहाँले राजीनामा बुझाउनु भएको छ ।
नयाँ गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेले पाउने सहमति भएको थियो । तर, पछि एकीकृत समाजवादी पनि सरकारमा सामेल भएपछि बनेको नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ ।
गठबन्धन दलबीच उपाध्यक्ष कसले पाउने भन्ने औपचारिक टुंगो नलाग्दै उपाध्यक्ष अर्यालले राजीनामा दिनुभएको छ ।
अर्याल माओवादीबाटै गत माघ २३ गते निर्विरोधि निर्वाचित हुनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच