मुरली चोकमा पनि एभरेष्टको शाखा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार जनकपुरको मुरली चोकमा १२७औँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन जनकपुर उपमहानगरपालिका ४ का वडाध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गर्नुभएको हो ।

सो अवसरमा बैंकका मधेश प्रदेशका प्रादेशिक-प्रबन्धक विभूति न्यौपानेलगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो । पछिल्लो शाखासँगै जनकपुरमा बैंकको शाखा संख्या दुई पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगेको बैंकले जनाएको छ । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?