जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्न पाएका छैनन् ।
यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।
काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।
नलगाड(८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताउनुभयो ।
यहाँका किसानले धानको बीउ राख्न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्न पनि समस्या भइरहेको उहाँले बताउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल