जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरु धर्नामा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । कार्तिक १८ गते शनिबार हुन लागेको अध्यापन अनुमतिपत्रको परीक्षाका परीक्षार्थीहरुले धर्ना दिएका हुन् ।

निजी एयरलाइन्सका जहाजहरूले मनपरी र भुनसुनका आधारमा टिकट वितरण गरेपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

२७ परीक्षार्थीहरूले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ध्यानाकर्षण समेत गराएका थिए। धर्ना दिएसँगै शुक्रबार बिहान नेपाल एयरलाइन्सले १४ र समिट एयरलाइन्सले १३ परीक्षार्थीलाई जहाज टिकट दिने सहमति भएको छ ।

राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा हवाई टिकट पाउन मात्रै माहा भारत बन्दै गएको छ । जिल्लामा उडान हुँदै आएका निजि तथा सरकारी एयरलाइन्सहरुले नियमित उडान नभर्दा हुम्ली नागरिकले सास्ती खेप्नु परेको छ ।

विशेष गरि यो समय कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमति पत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको विद्यार्थीले गुनासो गरेका छन् । दैनिक दिन समिट एयरले एक मात्रै फलाइट गर्ने र अन्य हवाई जहाज जिल्लामा उडान नभर्ने गरेपछि यसको मुख्य समस्या आफुहरुले समस्या भोग्नुपरेको विद्यार्थी जसुता ऐडीले गुनासो गर्नभयो । जिल्ला बाहिर झर्ने अन्य कुनै विकल्प नभएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको ध्यानाआर्कष गराएका हुन् ।

उक्त ध्यानाआर्कषणपछि आजै प्रमुख जिल्ला अधिकारीको पहलमा हुम्लामा उडान भर्दै आएका समिट र नेपाल एयरलाइन्सलाई समन्वय गरि ती विद्यार्थीहरुलाई भोलि जिल्ला बाहिर उडान भर्न सक्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

सो सहमतिका आधारमा विद्यार्थीले धर्नालाई स्थगित गरेको विद्यार्थीले बताएका हुन् । तर अन्य स्थानीय यात्रु भने हवाई टिकट नपाएकै कारण पैदल मार्ग भएर सुर्खेत र नेपालगन्ज प्रस्थान गरि सकेका छन् । करीव दुई हप्तासम्म विमान स्थलमा टिकटका लागि कुरे पनि उनिहरुले टिकट नपाएपछि अन्त्यमा सिमकोटदेखि सलिसल्लासम्म हिडेर जानु पर्ने बाध्यता रहेको रविनङ शाहीले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?