भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो ।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो ।

बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?