आमजनताको यस व्यवस्थाप्रतिको वितृष्णा बडादशैँको टीका थाप्न निर्मल निवास र शीतलनिवासको भिडलाई हेरे पुग्छ । जहाँ निर्मल निवासबाहिर हिन्दु र मुस्लिमहरू राजा ज्ञानेन्द्रको बाहुलीबाट टीका थाप्न हजारौंको संंख्यामा लाम लागेर उभिएका थिए भने शीतलनिवास सुनसान थियो । केही कार्यकर्तामात्र राष्ट्रपतिको हातबाट टीका थाप्न गएका थिए । विगत वर्षदेखि राजसंस्थाप्रतिको विश्वास बढिरहेको छ । तर यहाँ नक्कली राजावादी र सक्कली राजावादीबीच प्रतिस्पर्धा छ । एउटा पक्ष राजसंस्थालाई सदाका लागि समाप्त पार्न नक्कली राजावादी भएका छन् भने अर्को पक्ष राजसंस्थाको पुनस्र्थापनाका लागि क्रियाशील छन् । आमजनता यी दुईबीचको भिन्नता छुट्याउन सकिरहेका छैनन् ।
दरबारभित्र रहेका राजाका निजी सचिव र सल्लाहकारसमेत राजसंस्थाविरोधी रहँदै आएको इतिहास पुरानै छ । तैपनि राजाहरूले तिनीहरूलाई चिन्न सकेका छैनन् । पूर्वराजा ज्ञानेन्द्रले मत्छेन्द्रनाथ, गुरु गोरखनाथका अनुयायी नरहरिनाथका उत्तराधिकारी जस्तालाई आफ्नो सल्लाहकार राख्नुपर्छ । उहाँले चाणक्यको पहिचान गर्न सक्नुपर्छ । यहूदी धर्म प्रवर्तकमध्ये एकजना हजरत खिज्र पनि थिए । एउटा धार्मिक युद्धमा उनलाई सेनाका रूपमा पठाइयो । गर्मीको महिना थियो । एकातिर शत्रुको घेराबन्दीमा परेका थिए, अर्कोतिर प्रचण्ड गर्मी थियो । विस्तारै विस्तारै खिज्रको टोलीमा भएको संगृहीत पानी सक्किन लाग्यो ।
उनीहरूमध्ये एकजना बुजुर्गले भने यदि कोही जान्छन् भने नजिकै पानी पाउन सकिन्छ तर त्यहाँ सबै जान सक्दैनन्, तिमीहरूमध्ये कुनै एकजनामात्र त्यहाँ जान सक्छौ तर जाने व्यक्ति पानी रक्षकहरूबाट मारिन पनि सक्छन् । त्यो फौजी टोलीका सैन्यहरूले सोच्न लागे हामीमध्ये कोही त्यहाँ गएर पानी ल्याए हुन्थ्यो, यही असमंन्जस्यमा समय बित्न थाल्यो र ज्यान जाने डरले कोही पनि जान तयार भएनन् । तिर्खाले सबैको जीवन खतरामा थियो किनकि पानी सकिन लागेको थियो । यता पानी लिन को जाने भनेर सबै जना प्रतीक्षामा थिए ।
नेपालको मौलिकता फर्काउन आज आमजनता एउटा खिज्र खोजिरहेका छन् । कोही अघि सरे हुन्थ्यो भन्ने कामना गर्र्छन् तर यहाँ कुनै देशभक्त नेपाली आफू खिज्र बन्न चाहँदैनन् । हामी सबै आफ्नो जीवन वा मुलुकको संकटका बीच मसिहाको खोजी गरिरहेका हुन्छौं ।
यसैबीच खिज्र झरनामा पानी लिन पुगे । जब खिज्र झरनामा पुगे तब त्यस झरनाको रक्षकका सरदारले उनलाई भने, यहाँ पानी लिन आउन हिम्मत गर्ने व्यक्तिको ज्यान जान्छ भनेर तिमीलाई कसैले भनेनन् । ख्रिज्रले भने, हजुर कसैले मलाई भनेका थिए । सरदारले भने, यो थाहा पाउँदा पाउँदै तिमी पानी लिन किन आएको ? खिज्रले भने, यस कारण कि हामीमा सबै संकटको समय कसै न कसैको बाटो कुरेका हुन्छन् ताकि ऊ आओस् र हामीलाई संकटबाट पार लगाओस् तर कोही पनि त्यो संकटको भुँमरीबाट सबैलाई बाहिर निकाल्ने हुँदैनन् । आज मेरो लस्करका सबै मानिस संकटको बीच आफैंले केही न गरी मसिहाको प्रतीक्षा गरिरहेका छन्, ताकि कुनै मसिहा आउन र हाम्रा लागि कष्ट सहेर पानी लिएर आउन् ।
अर्काको आसमा आफ्नो भलो चाहनु नै कुनै जातिको पतनको कारण हो । यो सुनेर झरनाको रक्षकहरूका सरदारले भने, यही कुरा तिमीले तिम्रा लागि सोच्न सक्थ्यौ, किन सोचेनौ ? खिज्रले भने, म पनि यही सोच्न सक्थेँ तर मैले सोचेँ कि यदि मेरा फौज यही मानसिकतामा स्थिर रहे भने मसिहाको बाटो हेर्ने यो कुपात्रताले एक दिन हाम्रो अस्तित्व नै मेटाइदिनेछ । त्यसैले मैले कुनै मसिहाको प्रतीक्षा गर्नुको सट्टा मेरो फौजका लागि त्यो मसिहा म नै हूँ र म यहाँ आएँ । झरनामा तैनाथ रक्षकहरूको सरदार यो सुनेर खिज्रप्रति नतमस्तक भए ।
उनले भने, म तिमीलाई तिम्रो फौजका लागि पानी लग्न दिनेछु र तिमीलाई एउटा शुभ समाचार पनि सुनाउँछु कि यो झरनाबाट पानी लान आउन साहस गर्ने पहिलो बहादुर मानिसका लागि यो झरना ‘आब ए हयात’ अर्थात् अमृतजल हुनेछ । यहूदी दन्त्यकथामा आज पनि खिज्रलाई ईश्वरको जिउँदो दूत मानिन्छ । त्यो पानी खाएपछि खिज्र लामो आयुसम्म बाँचेका थिए र लामो यात्रा गर्ने पहिलो व्यक्ति भए ।
नेपालको मौलिकता फर्काउन आज आमजनता एउटा खिज्र खोजिरहेका छन् । कोही अघि सरे हुन्थ्यो भन्ने कामना गर्र्छन् तर यहाँ कुनै देशभक्त नेपाली आफू खिज्र बन्न चाहँदैनन् । यो यहूदी कथाले हामीलाई हामी सबै आफ्नो जीवन वा मुलुकको संकटका बीच मसिहाको खोजी गरिरहेका हुन्छौं भन्ने एउटा सन्देश दिन्छ तर हामी यो सोच्दैनौं कि जुन मसिहाको खोजी हामी गरिरहेका छौं त्यसको सट्टा म नै किन त्यो मसिहा नै हौं भनेर अगाडि नसर्ने ? हामी नै यो देशलाई उद्धार गर्न त्यो मसिहा नबन्ने ? कुनै कृष्ण आउनेछन् र हामीलाई संकटबाट मुक्ति दिउन् भन्ने सोच्नुभन्दा हामी नै त्यो कृष्ण किन न बन्ने ?
नेपालको मौलिकता स्थापना गर्न आमनेपाली जनताले जुन संकल्प गरेका छन् त्यसको विकल्प खोज्नु हुँदैन वा कुनै मसिहा आएर हामीलाई हाम्रो लक्ष्य पूरा गरिदिन्छन् भनेर सोच्नु हुँदैन, हामी आफैं राम, कृष्ण र खिज्र बन्न सक्नुपर्छ ।
बडादशौमा निर्मल निवास र शीतल निवासको दृश्य हामीले देखिसकेका छौं । बहुसंख्यक जनता नेपालको मौलिक पहिचान स्थापना गर्न एकजुट छन् । किन हामी अहिलेसम्म आफ्नो लक्ष्यमा पुग्न सकेका छैनौं ? सबैले आत्मसमीक्षा गर्नुपर्छ । किन हामी खिज्र बन्न चाहँदैनौं । कसै न कसैले हाम्रो मौलिक पहिचान स्थापना गर्न खिज्रको भूमिकामा त आउनै पर्छ । हामीमध्ये कोही न कोही जोखिम उठाएर खिज्र बन्नै पर्छ ।
जीवनपथमा हामी एउटा संकल्प लिएर अघि बढिरहेका हुन्छौं तर हिँड्दाहिँड्दै पथमा प्राप्त हुने विकल्पले हामीलाई पथभ्रष्ट बनाइदिन्छ । परिणामतः हामी हामीले लिएको संकल्प बिर्सेर विकल्पको पछि लाग्छौं, जसले हामीलाई सफलताबाट टाढा पठाइरहेको हुन्छ । हामी यसरी पथभ्रष्ट हुनु नै हाम्रो पतनको कारण बन्न जान्छ । संकल्पलाई बिर्सेर विकल्पतिर लाग्नुले सफलता कदापि प्राप्त हुँदैन । आमाको गर्भमा अभिमन्युले चक्रव्यूहमा पस्ने कला त सिके तर आमा सुभद्रा अर्जुनबाट त्यो कला सुन्दासुन्दै निदाएकोले अभिमन्युले चक्रव्यूहबाट निस्कन जानेनन् । तैपनि उनले आफ्नो लक्ष्य प्राप्तिको लागि चक्रव्यूहभित्र पसेर वीरताका साथ शत्रुहरूसँग लड्दै आफ्नो जीवन बलिदान दिए ।
उनले सुरु गरेको युद्धले धर्मकोे विजय गराए । आज इतिहासमा अभिमन्युको नाम अमर छ । उनले कहिल्यैै विकल्पको बाटो अपनाएनन् । भगवान रामले संसारबाट राक्षस संस्कृतिको विनाश गर्न चौध वर्षसम्म वनवासी जीवन बिताए र राक्षसीराज तथा संस्कृति समाप्त पार्न उनले बढाएको पाइलामा एकपछि अर्को सहयोग गर्न हनुमान आदि भेटिँदै गए र उनले राक्षसीतन्त्रविरुद्धको युद्धमा कुनै विकल्प खोजेनन् । अन्ततः राक्षसी शासनको अन्त्य गरिछाडे । भगवान् श्रीकृष्णको अवतार संसारबाट अधर्म र अधर्मीहरूको नाश गर्न भएको थियो । अधर्मीको नाश गरी धर्मको स्थापना गर्न उनले कुनै विकल्प खोजेनन् न त कसैको आस गरे ।
नेपालको मौलिकता स्थापना गर्न आमनेपाली जनताले जुन संकल्प गरेका छन् त्यसको विकल्प खोज्नु हुँदैन वा कुनै मसिहा आएर हामीलाई हाम्रो लक्ष्य पूरा गरिदिन्छन् भनेर सोच्नु हुँदैन, हामी आफैं राम, कृष्ण र खिज्र बन्न सक्नुपर्छ । हामीले रावणको कथावाट शिक्षा लिनुपर्छ । कुनै पनि व्यक्ति विद्वान होस्, हेर्दा सुन्दर तथा सौम्य होस्, धर्मको आवरणमा आफूलाई ढाकेको होस् वा तपस्वीका भेषमा देखिएको होस् राक्षस अन्ततः राक्षस नै हुन्छ । ऊमाथि विश्वास गर्नु भनेको आफ्नो हरण हुनु, आफ्नो विनाश हुनु, आफ्नो मुलुकको विनाश हुनु हो ।
यदि हामी चुप लागेर बस्यौं वा कुनै मसिहाको प्रतीक्षामा बस्यौं भने हामी, हाम्रो धर्म संस्कृति, हाम्रो मौलिकता विनाश भएर जानेछ ।
इजिप्टको फराओ मन्दिर एकचोटि भत्किएपछि फेरि कहिल्यै बनेन, इजिप्टको मौलिकता समाप्त भएर गयो । त्यहाँ फेरि कहिल्यै अग्निको आराधना हुन सकेन । फारसको धर्म संस्कृति मात्र सकिएन फारस पनि सकियो । रोममा एकचोटि उनीहरूको देउताहरूलाई सैतान भनेर मन्दिरहरू ध्वस्त पारेपछि रोमको आफ्नो सनातन संस्कृति र धर्म समाप्त भएर गयो र विशाल रोमन साम्राज्य पनि सँगै समाप्त भयो । आज कतै उनीहरूको देवी देउता ज्यूस वा अपोलेको पूजा हुँदैन । ओलम्पिक पर्वतास्थित उनीहरूको द्वादश देवीदेउताहरूको आज कुनै नाम निशान छैन ।
प्राचीन रोमन धर्मको मन्दिर एकचोटि खण्डित भएपछि फेरि कहिले उठेन । रोम समाप्त भयो, जुपिटरका अनुयायी खतम भए । विश्वको प्राचीन तथा समृद्ध माया सभ्यतालाई युरोपियन ख्रिष्टानहरूले ध्वस्त पारेपछि आज उनीहरूका देउताहरूको नाम कसैलाई थाहा छैन । यदि हामीले यो देशविरोधी भ्रष्टहरूलाई समाप्त पार्न सकेनौं भने एकदिन न त हाम्रो धर्म रहनेछ न त हाम्रो प्राचीन सभ्यता तथा संस्कृति, न त हाम्रा देवी देवता र न त हाम्रा कुल पितृ । जागौं, हामीमध्ये कोही राम, कृष्ण वा खिज्र बन्ने आँट गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच