नूर-गंगा प्रतिभा पुरस्कार प्रदान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नूर-गंगा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ‘नूर-गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार-२०७८’ साहित्यकारहरू डा.गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्तरूपमा प्रदान गर्नुभयो । पुरस्कारकासाथ जनही ५०/५० हजार नगद राशिसमेत प्रदान गरिएको छ ।

कार्यक्रममा ‘नूर-गंगा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार-२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई ३० हजार नगद राशिसहित प्रदान गरिएको थियो । त्यस्तै ‘नूर-गंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार-२०७८’ २५ हजार नगद राशिसहित रामेछापका रामकुमार नेपालीलाई प्रदान गरिएको थियो ।

सोहीअवसरमा ‘नूर-गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार-२०७८’ नगद राशि २० हजारसहित नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरिएका थियो । समारोहमा गुठीमा सक्रिय रही सेवा गर्ने व्यक्तित्व बाबुहरि ज्ञवाली, प्राडा.तुलसीप्रसाद पाठक, प्राडा. विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई समेत सम्मानित गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?