पुष्पलालको प्रेरणाले सबल भएको एमाले : अध्यक्ष ओली

Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताउनुभएको छ । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताउनुभयो ।

पुष्पलालले पु¥याउनु भएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गर्नुभयो । कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उहाँले पुनः दोहोर्‍याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।” उहाँले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गर्नुभयो ।

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पु-याएको योगदानको स्मरण गर्नुभएको थियो । सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?