डा.मनप्रसाद वाग्लेको उत्कृष्ट र व्यावहारिक खण्डकाव्य ‘यौन-शिक्षा’ भित्र विचरण गर्दा !

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

उच्च र अनुसन्धान तहमा प्राध्यापनरत नेपालका औंलामा गनिने उत्कृष्ट प्राध्यापकहरूमध्ये डा.मनप्रसाद वाग्ले अग्रपङ्तिका प्राज्ञिक व्यक्तित्वको छवि बनाएका नेपालका गर्व गर्नलायक महागुरु हुन् । अर्को कोणबाट नियाल्दा उनी वार्णिक छन्दका सिद्धहस्त मनीषी अर्थात् कवि हुन् । शास्त्रीय छन्दको अनुशासनमा शालीन ढङ्गले मनोविनोदात्मक शैलीमार्फत सन्देशमूलक विचार प्रक्षेपण गर्ने मेधावान् प्रतिभा हुन् उनी । झन्नै बाह्र वर्षअघिदेखि सामाजिक सञ्जालको छन्दचौतारीमा उनका हजारभन्दा बढी कविता पृथक-पृथक विषय बहन गर्दै अब्बल कोटिको आस्वाद दिइरहेका छन् । जहाँ लाखौं काव्य रसग्राहीहरूले विषयको विविधतासितै परमानन्द पिइरहेका छन् ।

सामाजिक, सुुधारवादी, राष्ट्रवादी, शिक्षापरक, व्यङ्प्रधान र सन्देशमूूलक काव्यचेत उहाँका मूूल पक्ष हुन् । शृंगार, हास्य, करुण, विभत्स, शान्त र भयानक रसमा समेत काव्यरस सञ्चार गर्ने उहाँका स्फुुट कविताहरू समसामयिक बिम्बमा स्वरसंधान गरिरहेका छन् । तिनलाई मुठाका मुठा बनाएर सँगालाको भारी कसिदिए नेपाली साहित्यकै भलो हुन्थ्यो भन्ने हामी पाठकहरूको अनुरोध, सल्लाह वा हुटहुटी छ खण्डकाव्यकार वाग्ले सरलाई । आमरसग्राहीहरूमा मन अर्थात् हृदयमा प्रसाद वा प्रसन्नता प्रदान गर्ने उनको सिर्जना कौशलताले नै होला उनको नामै मनप्रसाद भएको ? वा संयोग ? या सरस्वतीको खटन हो ? नियमित पाठक र नेपाली वाङ्मयका उन्नायकहरूलाई नै उत्तरको जिम्मा लगाउन चाहन्छु ।

आशीर्वचन र लेखकीय उद्गारसहित असी पेजको यो काव्यको प्रकाशकमा शिखा बुुक्स र कृति सम्पादन वार्णिक छन्दका कुुशल सर्जक सोम निरौला रहनुुभएको छ । आशीर्वचन प्रदायकहरूमा आधुनिक आशुकवि महाकाव्यकार छन्द भास्कर रमेश खकुुरेल, अर्का चर्चित साधक महाकाव्यकार मुुकुुन्द शर्मा चालिसे र नेपाली वर्णविन्यास र छन्द सन्यासप्रति होस राख्न सिपालु प्राध्यापन पेशामा जीवनको उर्वर वय बिताएका कोषराज छन् ।

जीवविज्ञान, मनोविज्ञान, समाजविज्ञान, प्रजनन विज्ञान र यौनविज्ञानको गज्जब पञ्च राजपथको सङ्गम बन्न पुुगेको छ वाग्लेको खण्डकाव्य । अहिलेसम्म नेपाली भाषामा यौन-शिक्षाको सुुबोधी ग्रन्थ काव्यिक शैलीमा व्यवहारपरक बनाएर सिकाइ शिक्षण गराउने हुती भएको यस्तो काव्य नै आएको छैन ठोकुवासाथ भन्न सकिन्छ ।

यसैगरी अन्य दुुई उत्प्रेरकहरूले पनि खण्डकाव्यकै प्यारो छन्द अनुुष्टुपमा शुुभेच्छा बोलेका छन् । त्यसपछि खण्डकाव्यकार मनप्रसादको ‘मेरो भन्नुु’ सात तारा वा सात स्वरमा गुुञ्जिएको छ । डा. न ठहरिए पूूरै आफूलाई अप्रेसन थिएटरमा लगेका छन् । कति हार्दिक र आत्मबोधी छन् उनको ब्रहृम ! उन्नाइस भाग, बयालीस सय शब्द, तीन सय बाइस श्लोकमा आबद्ध यो खण्डकाव्य पढ्न भने बढीमा एक घण्टा तीस मिनेट लाग्छ । जीवविज्ञान, मनोविज्ञान, समाजविज्ञान, प्रजनन विज्ञान र यौनविज्ञानको गज्जब पञ्च राजपथको सङ्गम बन्न पुुगेको छ वाग्लेको खण्डकाव्य । अहिलेसम्म नेपाली भाषामा यौनशिक्षाको सुुबोधी ग्रन्थ काव्यिक शैलीमा व्यवहारपरक बनाएर सिकाइ शिक्षण गराउने हुती भएको यस्तो काव्य नै आएको छैन ठोकुवासाथ भन्न सकिन्छ । हुन त खण्डकाव्य शास्त्रीय मान्यताअनुुसार प्रबन्ध काव्यको मझौला काया हो । आचार्य विश्वनाथले खण्डकाव्यको लक्षणलाई साङ्केतिक रूपमा यसरी अथ्र्याउनुु भएको छ । ‘खण्डकाव्यं भवेत् काव्यस्यैक देशानुसारि च’ अर्थात् काव्यमा एक देशको अनुसरण गर्ने रचना नै खण्डकाव्य हो ।

डा.वासुदेव त्रिपाठीको शब्दमा ‘खण्डकाव्य मझौला आयामको हुन्छ, कुनै आख्यान अँगालेर वा नअँगाली जीवन र जगत्को एक अंश वा भागलाई अन्वितिपूर्वक बद्ध वा मुक्त लयबाट कथन गरी संरचित हुन्छ’ । यी माथिका उक्तिमा यौनशिक्षा खण्डकाव्य परिधिभित्रै उभिएको छ । काव्यैभरि अनुुष्टुप छन्दको सुुगन्ध बहाउँदै ।

अब छोटकरीमा यो खण्डकाव्यको चर्चालाई अगाडि बढाउने जमर्को गर्दछु । यस खण्डकाव्यको प्रारम्भिक अध्याय भनौं वा चरणमा यौनजिज्ञासा प्रस्तुत गरिएको छ । वास्तवमा बालबालिका र किशोरकिशोरीहरूको पहिलो पाठशाला घर नै हो । बालबालिकाको जिज्ञासा उमेर बढ्ने क्रमसितै हामीले शालीनतापूूर्वक उनीहरूका कौतूहलतालाई समाधान गर्दै जानुपर्छ यदि यसो गर्न सकिएन भने भोलिका दिनमा सन्ततिहरूको जीवन प्रभातकालीन समयको कालो मेघजस्तै भएर मडारिन सक्छ भनी सुुझाएका छन् । कवि अघि बढेर भन्छन् ः
रजस्वला भनौं या ती वीर्य स्खलनका कुरा ।
यथार्थ नबुुझे मान्छे चिन्तामा पर्दछन् बरा ।।

के हुन् ती गर्भका अर्थ कसरी बन्छ दर्पण ?
धर्तीमा कसरी हुुन्छ मान्छेको यो पदार्पण ?
पढाऊ गूढ यी तत्व यौन-अर्थ सबालमा ।
भन्ने नै अभिलाषाले लेखियो खण्डकाव्यमा ।।
पन्ध्र श्लोकमा आबद्ध यो उपखण्डले यौन-शिक्षाको दायित्व घरका पाका अभिभावकलाई सुुम्पिएको छ । यसै क्रममा दोस्रो उपखण्डले बत्तीस श्लोकमा यौनदर्शनको गरिमालाई महिमा बोध गर्न आग्रह गएिको छ ।

यौन के हो ? भन्ने प्रश्नको उत्तर दिँदै कवि शालीन ढंगमा यथार्थलाई यसरी विरेचन गरिदिन्छन् कि ... । यसैगरी तेस्रो उपखण्डमा छ श्लोकमार्फत तेस्रो लिङ्गीहरूको चाहना उत्खन गर्दै यसरी सम्मान पोखेका छन् । चौथो उपखण्ड चौबीस पद्यावलीमा यौन के हो ? भन्ने प्रश्नको उत्तर स्पष्ट र भद्र तरिकाले वर्णन गरिएको छ । काव्यात्मक गुम्फनमा रोचतापूूर्वक कविले वाणीझङ्कार सम्बन्धितहरूको कानकानमा गुुन्जाउनुभएको छ ।

त्यसै गरी विभिन्न अन्य उपखण्ड भनौँ वा अध्यायहरूमा यौन-शिक्षाका विविध उपशीर्षकहरू : ‘रजस्वला के हो ? वीर्य स्खलन भनेको के हो ? मान्छे कसरी जन्मन्छ ? भन्नेबारे मीठा, चित्त बुुझ्ने ज्ञानवर्धक सामल दिएर सभ्य, भव्य एवं शालीन चरणमा यौनप्यास मेटाउन व्यावहारिक सुुझाव विलक्षण रूपमा पस्कनुुभएको छ कविर वाग्लेजीले । चञ्चले उमेरका प्रकृति र लक्षण, विवाहपूूर्वको यौन उत्सुकता, विवाहको दिनको रङ्गीन कल्पना, तुुल्बुली, द्वन्द्व र कौतूूहलता प्रस्तुुत गर्दै नवबधूूको अन्तरमन केलाउन कवि प्रवीण भएर मुुस्कुराएका छन् :
घन्काउँदै जसै बाजा, जन्ती पुुग्दछ आँगन ।
खुुसी हुन्छन् सबै किन्तुु बधूूको बढ्छ धड्कन ।।
ठट्टा रमाइलो गर्दै बात छेड्छन् घरीघरी ।
यौनका बातले झुुल्छन् दुुवैका यौन बल्लरी ।।
साजसज्जा छ ओछ्यान हनिमूून मनाउन ।
दुुवैमा बैँसले थाल्यो पसिनाले जनाउन ।।
माथिका पद्यावलीमा परिवेश, मनोविज्ञान, अभिनूतना बधूूको अवस्था, जन्तीहरूका छेडखाना र हनिमुनको सुन्दर प्रकोष्ठलाई क्यामराम्यान भैmँ बनेर वर्णतस्वीर कति जीवन्तसित उतार्नुुभएको छ काव्यपारखीले । यसै सन्दर्भमा अन्य उपखण्डहरू पनि यौनशिक्षाको चुली चुमेर झम्केफुली लाएकी नृत्याङ्गनाझैँ काव्यिक भाव र लयमा कर्ण मधुर रसास्वादी बनेर पद्यावलीहरू बैँसमा जम्जमाएका छन् ।

विवाहका केही वर्ष, बच्चा पाउने योजना, गर्भ बसेपछिका दिन, सुत्केरी भइसकेपछिका दाम्पत्य दिनचर्या, समय क्रममा गर्भनिरोधक साधनहरू, यौनरोगको खतरा, यौनशिक्षा र सतर्कता, भिन्न यौनिकता र लिंग पहिचान आदि अध्याय वा उपखण्डहरू पठनीय, ग्रहणीय अनुुकरणीय, अनुशरणीय र मननीय छन् । एकातिर काव्यात्मक आस्वाद र शृंगार रसको छेलोखेलो अर्कोतिर यौन–शिक्षाको मेलो तथा बेलो क्या अपूूर्व छ खण्डकाव्यको कायिक चुम्बकत्व ! !

शिक्षाशास्त्रका निष्णात पण्डित झन्नै पाँच दशकदेखि त्रि.वि.मा तीस वर्ष प्राध्यापन गरी निवृत्त हुनुुभएर पनि काठमाडौं विश्वविद्यालयमा प्रन्ध वर्षदेखि प्रविधिमैत्री, खोजमैत्री र प्रयोजनपरक कलात्मक शिक्षणमा सोह्र वयको जोस झिकेर असंख्य विद्यार्थीमाझ बदलिँदो विश्वशिक्षा प्रणलीका कौशलतासित आफूलाई जोड्न सफल हुनुुभएको छ । अमेरिकाको साउदन इलिनयिज विश्वविद्यालयबाट एमएस् र पीएचडी गर्नुुभएका उहाँ शैक्षिक नीति, एस्टीइएएम शिक्षा, व्यावसायिक तालिम र राष्ट्रिय योग्यता प्रारूपजस्ता गहन विषयमा संलग्न हुनुहुन्छ । तर, विडम्बना भनौँ वा हाम्रो दुुर्भाग्य भनौँ शिक्षाशास्त्रका गहिरा तथा मेधावान् यी महापण्डितलाई लोकतान्त्रिक गणतन्त्रका थरीथरीका सरकारले भेउ पाउन सकिराखेको छैन, जो अग्रगामी नेपालको शैक्षिक पन्थाका उज्याला नक्षत्र हुन् ।

सरल भाषा, विनम्र स्वभाव, हरेकका अस्तित्वलाई सम्मान गर्ने, मितभाषी कवि, मनीषी, प्राज्ञ र विद्वान् वाग्लेले मुलायम र सरस काव्यमार्फत अत्यावश्यकीय यौनशिक्षाको ‘नैवेद्य’ माधुुर्य, ओज र प्रसाद गुणमा बाँड्नुभएको छ । दश वर्षकादेखि उत्तरार्ध वय पुुगेका सचेतहरूका लागि यो काव्य उत्कृष्ट र पठनयोग्य छ । जहाँ जीवविज्ञान, मनोविज्ञान, समाजविज्ञान, प्रजनन विज्ञान तथा यौनविज्ञानको पाञ्चायन पथको दिक्दर्शन मजाले पाउँछन् पढाकुु पाठकहरूले । उनै शिक्षाशास्त्र र काव्यशास्त्रका अब्बल चिन्तक मनप्रसादज्यूमा यो सानो लेखमार्फत अभिनन्दन गर्दछु ! गुरुदेवो भव ! आचार्य देवो भव ! अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?