रुपन्देही । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलँंग चुनावी एकता गर्ने बताउनु भएको हो ।
समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव हार्न तयार रहने तर अरुसँग नटासिने बताउनु भयो ।
उहाँले विगतमा कसैसँग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउनु भयो । त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने उहाँको भनाइ थियो ।
अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने उहाँले बताउनु भयो । उहाँले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताउनु भयो ।
महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रित संवाद यात्राको दोस्रो चरणको कार्यक्रम नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आउनु भएका थापाले धकधईमा स्थानीयसँग सुझाव संकलन गर्नुभएको छ भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिनु भएको छ । त्यस्तै पार्टीका नेताहरुसँग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।
महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया र त्यसपछि दिउँसो कपिलबस्तु कार्यक्रममा रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच