चितवन । चितवनको भरतपुरमा जारी इण्डो-नेपाल टी-ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
सबै खेलमा जित निकाल्दै आठ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता बन्दै सेमिफाइनल पुग्यो । सुदूरपश्चिमले तालतला इन्स्टिटाइट कोलकातालाई पराजित गर्दै समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश पाएको हो ।
सुदूरपश्चिमसँग समान आठ अंक जोडेको कोलकाता नेटरनरेटमा पछि रहे पनि सेमिफाइनल पुग्न सफल रहृयो । बागमती प्रदेशलाई पराजित गर्दै चार अंकका साथ मधेस सेमिफाइनल पुग्ने चौथो टोली बन्यो । प्रतियोगितामा एकमात्र जित निकालेको घरेलु टोली भरतपुर मेयर्स ११ र बागमती प्रदेश सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिए ।
लिग चरणको अन्तिम खेलम सुदूरपश्चिमले कोलकतालाई ८३ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.३ ओभरमा १३९ रनमा अलआउट भयो । कोलकताका लागि विजय यादवले सर्वाधिक ३७ बलमा ५० रन बनाउनुभयो । कुनाल नगरले ३१ बलमा ४६ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले ४ ओभमा ३२ रन खर्चिँदै ४ विकेट लिनुभयो । दीपक बोहोराले ४ ओभरमा १२ रन खर्चिँदै ४ विकेट नै लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम खडक बोहोरा र दीपक बोहोराको अर्धशतकको मद्धतमा ७ विकेटको क्षतिमा २२२ रनको योगफल तयार पारेको थियो । खडकले ३२ बलमा ६४ रन बनाए भने दीपकले २९ बलमा ५६ रनको पारी खेल्नुभयो । अभिषेक पालले ४० रन बनाउनुभयो । कोलकताका लागि मिलन यादव र दिव्यांश यादवले समान २ विकेट लिनुभयो ।
त्यसअघि पहिलो खेलमा मधेसले बागमतीलाई ७ विकेटले पराजित गर्यो । वर्षाले मैदान खराब भएका कारण ८ ओभरमा छोट्याइको खेलमा बागमतीले मधेसलाई ७५ रनको लक्ष्य दिएको थियो । मधेसले ७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेसका लागि साहिल पटेलले सर्वाधिक ४३ रन बनाउनुभयो ।
बागमतिका लागि इशान पाण्डेले २ विकेट लिनुभयो । पहिले ब्याटिङ गरेको बागमतीले ८ ओभरमा ५ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले २६ रन बनाउनुभएको थियो । मधेसका लागि प्रजिभ यादवले ३ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच