काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो । २२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम तीन बल खेल्नुअगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाउनुभएको थियो ।
लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर, नेपालले १३ रन जोड्दा सात विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको हो ।
ओपनर बमको शतकका बाबजुत नेपाल ‘ए’ टोली आयरल्याण्ड वुल्भ्ससँगको टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुनपुग्यो । चौथो विकेटका लागि ओपनर बम र आरिफ शेखले १२१ रनको शतकीय साझेदारी गरेपछि नेपालले जितको आधार खडा गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमाएपछि हार भोग्न बाध्य भएको थियो । ५६ बलमा नौ चौका र आठ छक्का हान्नुभएका लोकेश १०६ रन बनाउँदा क्याच आउट हुनुभयो । नेपाल एक समय १५.६ ओभरमा १८९ को अवस्थामा थियो । तर, त्यसपछिका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालले १८औं ओभरमा लगातार दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा आरिफलाई गुमाएको नेपालले अन्तिम बलमा किरण किरण ठगुन्नालाई गुमाउन पुग्यो ।
आरिफ शेख अर्धशतक बनाउनबाट चुक्नुभयो । २६ बलमा एक चौका र पाँच छक्का हान्नुभएका आरिफ ४९ रन बनाउँदा क्याच आउट हुनुभयो । देव खनाल, रासिद खान, कमल ऐरि, हेमन्त धामी शून्यमा पेभेलियन फर्किनुभयो । कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट हुनुभयो । देव खनाल शून्य र अर्जुन घर्ती तीन रनमा पेभेलियन फर्किनुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्याण्ड टोलीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२२ रनको योगफल तयार पारेको थियो । दोस्रो विकेटका लागि ओपनर पिटर मुर र केड कारमिचेलले ८८ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो ।
२९ बलमा चार चौका र एक छक्का हान्दै ३८ रन बनाउनुभएका केडलाई १०औं ओभरको अन्तिम बलमा सागर ढकालले एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडनुभएको थियो । अर्का ओपनर पिटर मुर अर्धशतक बनाउनबाट चुक्नुभयोे । ३२ बलमा चार चौका र तीन छक्का हान्नुभएका पिटर ४९ रन बनाउँदा आरिफ शेखको बलमा बोल्ड आउट हुनुभयो । गाभिन होए १८ र ग्यारेथ डिलानी ३० रनमा अविजित रहनुभएको थियो ।
कप्तान निक रक ३८ रन बनाउँदा क्याच आउट हुनुभयो । २३ बलमा एक चौका र तीन छक्का हान्नुभएका निकलाई कमलले नै पेभेलियनको बाटो देखाउनुभएको थियो । आयरल्याण्डले पहिले विकेटका रूपमा ओपनर रोस अडाएरलाई दुई रनमा नै गुमाएको थियो ।
स्टेफन डोहेने ३४ रन बनाउँदा कमल ऐरिको बलमा सागर ढकालको हातबाट क्याच आउट हुनुभयो । आयरल्याण्डविरुद्धको खेलबाट नेपाली टोलीमा पुनरागमन गर्नुभएका कमलले आफ्नो पहिलो ओभरमै ओपनर रोस अडाएरलाइ पेभेलियनको बाटो देखाउनुभएको थियो ।
सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते हुनुभएका कमल ‘ए’ टोलीमा स्थान बनाउँदै टोलीमा फर्किनुभएको हो । नेपालका लागि कमल सिंह ऐरिले तीन विकेट लिनुभयो । सागर ढकाल र आरिफ शेखले समान एक-एक विकेट आफ्नो नाममा गर्नुभयो । सिरिजको दोस्रो खेल आज (शनिबार) हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच