फाल्गुन महिनामा मनाइने चाडपर्व

Read Time = 15 mins

✍️ इन्द्रबहादुर शाक्य

फागुन १ गते संक्रान्ति पर्व मनाइन्छ । संक्रान्तिको दिनलाई नै नेवारीमा सँल्हुः भनिन्छ । यो दिन ललितपुरको रातो मच्छिन्द्रनाथको मन्दिरमा पाठ पूजा गर्नुका साथै विशेषगरी भक्तजनबाट आर्य नामसंगीतितीको पाठ गरी मनाउँदछन् । प्रचीन कालदेखि ललितपुरबासी नेवार जातिहरूले संक्रन्तिलाई गुठीको रूपमा मानउँदै यस दिन विशेष रूपमा सामूहिक पूजा पाठ गरी पर्व मनाउँदै आएका छन् ।

यस महिनामा महाशिवरात्री पर्व पनि पर्न पर्छ । शिवप्रतिको भक्तिभाव प्रकट गर्न शिवको जन्मदिन सम्झेर मनाउने पर्वलाई नै महाशिवरात्री भनिन्छ । शिवलाई देवताको रूपमा शिवजीले दिएको अपार ज्ञानलाई सम्झेर भक्तजनहरूले शिवप्रति भक्तिभाव प्रकट गर्न यस पर्वलाई भव्य रूपमा मनाउने गरेको पाइन्छ । यो पर्व फागुनको कृष्णपक्ष चतुर्दशीका दिनमा मनाइन्छ । यसवर्ष गत ६ गते शिवरात्री पर्व मनाइयो । शिवजीको महिमा अपरंपार छ । शिवजीलाई धेरै नामलेपुकार्ने गरेका छन् । शिवजीलाई महेश, शंकर, भोलेनाथ, रूद्र कैलाशपति, पशुपति, अघोरी बाबा, आदिनाथ, नृत्यनाथ, गलेश्वर, मृगेश्वर, इन्द्रेश्वर, कालेश्वर महादेव आदि को नाममा पूजा गर्नेगरिएको पाइन्छ ।

शिवजीको पहिलो श्रीमती सत्यदेवी थिइन् । उनको मृत्यु भएपछि पार्वती विवाह गरेर बसेको थियो । पहिलेको ससुराको नाम दक्ष प्रजापति थियो । आफ्नो ससुरालाई शिर काटेर बोकाको टाउको राखिदिएको थियो । शिवजीले दुईवटा धर्म पुत्र पालेको थियो । १) कुमार २) गणेश । शिवजीको अनुहारमा तीन नेत्र (आँखा) छन् । शिवजीको शरिरमा लुगाको रूपमा जनावरहरूको छालाको लुगा, हतियारको रूपमा त्रिशुल, धर्म र ज्ञानको रूपमा माला, घाँटीमा गोमन नाग गलबन्दीको रूपमा, टाउकोमा रौको जट्टा बाधी रहेको, त्यसमाथि एउटा चन्द्रमा शान्तिको लागि र उज्यालोको लागि शिवजीको लिंगलाई महादेवको रूपमा लिईन्छ ।

फागु पूर्णिमालाई होली पूर्णिमा पनि भन्ने गरिन्छ । तराईवासीले यस दिनलाई विशेष चाडवर्पको रूपमा मनाउँछन् । यो पर्व धार्मिक रूपमा पनि मनाउने चलन छ । यही दिनमा राति चीरदाह गरिसकेपछि त्यो धुलो राखी होली खेलिन्छ ।

नाच र गानको रूपमा लिनेलाई नृत्यश्वर नाथ भन्दछ आदि तर महादेव, देव देव महादेव हो । सबै प्राणीको जन्म दिने महादेव हुन् । यो सृष्टि सत्य पनि हो । शिवजीलाई चाकरी गर्ने सबैलाई वरदान दिइन्छ । आफूले दिएको बरदानले आपूmलाई अप्ठेरोमा पारेको पनि धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ, जस्तै भस्मासूरलाई दिएको वरदानले पछि शिवजी भागाभाग हुनुपरेको कथामा उल्लेख छ । नेपालमा आदिकालदेखि भनेको सत्य युगदेखि शिवरात्री मानेर आइरहेका छन् ।

हाम्रो देश नेपालमा आदिकालदेखि शिवरात्री मनाइराखेको हो । पशुपतिनाथमा पछि मात्र मानेको हो । नेपाल राष्ट्रको उपत्यकालाई प्राचीनकालदेखि स्वयम्भू दहको रूपमा रहेको मानिन्थ्यो । त्यहाँदेखि अहिलेसम्म मानेर आइरेहको छ । पशुपति क्षेत्र सत्य युग र त्रेतायुगमा काठमाडौ पोखरीमा रूपमा रहेको थियो । यहाँको पानी मञ्जुश्री देवताले बाहिर निकासी गरेपछि मात्र यो पशुपतिनाथ भएको हो । पशुपतिनाथलाई सबैले मान्यता दिंदछ । बौद्धहरूले यो पशुपतिनाथलाई सृष्टिकान्त लोकेश्वर भन्दछ । यो साक्षात देवता भएको हुनाले सबैले मान्ने गर्दछ ।

पशुपतिनाथमा हरेक पूर्णिमाको रातमा पञ्चवली पूजा हुन्छ । अहिले पनि हुन्छ । यहाँ ठूला–ठूला पूजाहरू धेरै हुन्छ । पशुपतिको शिवलिंगमा घ्यू र मह राखिदियो भन्ने सरर पग्लेर जान्छ । पूजा गर्ने बेलामा, यो अहिले पनि राख्दछ । यस्को जल लिएर पिउने हो भने रोग पनि निको हुन्छ भन्दछ । यसमा पनि सत्यता छ । अनुसन्धान गरेर हेरियो भने ढुंगा जडिबुटी ढुंगा हुनुपर्दछ । पहिले पशुपतिनाथको पुजारी आचाजु, बज्राचार्यजु, कर्माचार्यजु भन्दथ्यो । पछि भारतबाट आएका भट्ट पूजारी ल्याइएको हो । अहिलेसम्म पनि हो । नेपाल देश किन्न आएको बेला बचाउने देवताको रूपमा लिन्छ । यस्तो सबै गुण सम्झेर पशुपतिनाथमा महाशिवरात्री पर्व मनाउँदछ ।

नेपाल अधिराज्यभर र विदेशमा पनि मनाउँदछन् । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी धुमधामसँग यो पर्व मनाइन्छ । यो दिनमा देश विदेशका ठूला-ठूला महात्मा र ऋषिमुनिहरू पशुपतिनाथको दर्शन गर्नको लागि आगमन हुन्छ । रात भरि आगो बालि जागराम बस्दछ । यो नेपालको ठूलो पर्व हो । यो पर्व हलेसीमहादेवमा, जलेश्वरमहादेवमा, आशापुरीमहादेव आदिमा विशेष पूजा हुन्छ । महादेव भनेको सृष्टिकर्ता हो । सबै प्राणी यसैबाट सृष्टि भएको हो । स्त्री र पुरुष जोडिएकोलाई नै महादेवको संज्ञा दिएको छ । यसलाई सृष्टिकान्त लोकेश्वर अथवा जोगाम्वर पनि भन्दछ ।

ग्याल्पो लोसारः
फाल्गुन महिनामा ग्याल्पो लोसार मान्ने चलन छ । फाल्गुन शुल्क पक्ष प्रतिपदाका दिन यो पर्व मनाउँदछ । फाल्गुन शुल्क पक्ष प्रतिपदाका दिनमा ग्याल्पो लोसार शुरू हुन्छ । यो लोसार पनि नयाँ वर्षको रूप लिन्छ । यो शेर्पा जातीको नयाँ वर्ष हो । यो संम्वत नेपालको राष्ट्र संम्वतमध्ये पाँचौं स्थानमा पर्छ । यो नयाँ वर्षमा शेर्पाहरू नाचगान गरी नयाँ पर्वका रूपमा मनाउँदछ ।

फाल्गुनको अष्टमीको दिनमा चिर उठाई होली पर्वसुरु हुन्छ । यो बसन्तपुरमा उठाइन्छ । अधिराज्यभरि होलीको रूख गाडेर राख्ने चलन छ । नवमीको दिनमा माझी समुदायको लदी पूजा गर्छन् । चतुर्दशीको दिनमा ललितपुरको ठैव बाडे गाँउमा श्वेत वाराहीको जात्रा सुरु हुन्छ । काठमाडौं ठमेलको भगवान वहालको देवतालाई खटमा राखेर जात्रा गरिन्छ ।

फाल्गुन पूर्णिमा :
यसलाई होली पूर्णिमा पनि भन्ने गरिन्छ । तराईवासीले यस दिनलाई विशेष चाडवर्पको रूपमा मनाउँछन् । यो पर्व धार्मिक रूपमा पनि मनाउने चलन छ । यही दिनमा राती चीरदाह गरिसकेपछि त्यो धुलो राखी होली खेलिन्छ । जनकपुरमा अन्नगृह परिक्रमा गर्दछन् । होली खेल्दा चिसो मौसम समाप्ति हुन्छ र गर्मीयामको मौसम सुरुवात भएको मानिन्छ । यस दिनमा प्रेम मिलन धेरै हुन्छ । जस्तै : राधा कृष्णको प्रेम मिलन पनि होलीको दिनमै भएको थियो । साँच्चै भन्ने हो भने यसलाई भ्यालेनटाईन डे भने पनि हुन्छ ।

काठमाडौंको ठमेलमा सिंहसार्थ बाहुको जात्रा हुन्छ । छोटकरीमा सिंहसार्य बाहु भन्ने व्यक्ति ल्हासा तिब्बतमा व्यापार गर्ने व्यापारी थिए । ती सारै धर्मात्मा थिए । एकदिन राति ल्हासामा बसिरहेको बेला कोठामा सपना हो कि विपना हो कि विपना हो जस्तो भयो लोकेश्वर देवताले दर्शन दिए । उसको भविष्यवाणी देवताद्वारा भयो । त्यस ठाउँबाट फर्कन सल्लाह दिइयो । त्यहीअनुसार नेपालतिर ऊ फर्कियो, ल्हासाकी आइमाईको मोह जालमा फसेका सबैको उतैतिर मृत्यु भयो । सिंहसार्य बाहु एकमात्र नेपाल फर्कियो । उसलाई मार्न आइमाइहरू मायाजाल फिजाई नेपालसम्म आइपुग्गे । सिंहसार्य बाहुको आँगनमा आएर माया जाल फैलाए । त्यस व्यापारीले गरेको सम्बन्ध बारे प्रचार गरी सुनाइयो ।

ललितपुरको हरिसिद्धमा हरिसिद्ध देवताको जात्रा हुन्छ । यस्को साथमा अरू देवताको समेत जात्रा हुन्छ । देवीको नाच पनि गरिन्छ । यो पर्वमा आफ्नो नाता कुटुम्बहरूलाई भोज खुवाउने गर्दछन् । काठमाडौंको इतुवहालमा गुरुमापालाई मासु, भात खान दिइन्छ ।

तर, त्यो सिंहसार्य वाहूले पत्याएन, अरू सबै मानिसले उसलाई दोष दिए तर उसले स्वीकार गरेन । नेपालीहरूलाई मारेको र मार्न आएको भनेर ती राक्षेस रूपी आइमाईलाई मारिदियो । सबै नेपालीको ज्यान बचाइदिएको हुनाले, उसलाई देवताको रूपमा अथवा सरह मानेर त्यसलाई ठमेलको भगवान वहालमा राखिछाडेको छ । वर्षको एकचोटी जात्रा गर्दछ । यो वहालमा मूल पुरोहित झ्वाः बहालको बज्राचार्य (गुर्जू) हो । तर, अहिले त्यो विहारको देवताभित्र पूजा गर्ने मूल पूजारी अथवा नीति पूजा गर्ने व्यक्ति डंगोल जातिको हुन्छ । यो वहाल अथवा विहारको संरक्षक ठमेलको पंमाय (प्रधानहरू) हुन् । त्यो ठमेलको पंमाय (प्रधान) हरूले चलाउँदछ । त्यस स्थानका सबैले यो पर्व मनाउँछन् ।
ललितपुरको हरिसिद्धमा पनि हरिसिद्ध देवताको जात्रा हुन्छ । यस्को साथमा अरू देवताको समेत जात्रा हुन्छ । देवीको नाच पनि गरिन्छ । यो पर्वमा आफ्नो नाता कुटुम्वहरूलाई भोज खुवाउने गर्दछन् । काठमाडौंको इतुवहालमा गुरुमापालाई मासु, भात खान दिइन्छ र थकाली जातिले तोरन्ल पर्व भनी मनाउँछन् । ठैव फुलचोकीमा बाख्रा जात्रा, चाँगु नारायणमा वंश गोपाल जात्रा पनि हुन्छ । कामदेव भष्म गर्ने दिन भनेर नेपालीले यो पर्व मनाउँछन् ।

नाला मत्स्येन्द्रनाथ (सृष्टिकान्त लोकेश्वर) जात्रा पर्व सुरु हुन्छ । कृष्णपक्ष प्रतिपदाको दिनमा नाला मत्स्येन्द्रनाथ स्नान गर्ने बेला चार जना ललितपुर बुंगमतीका पान्जु खलका व्यक्तिहरूले स्नान गरिन्छ । यस मत्स्येन्द्रनाथको अनुहार सेतो छ । उनको अर्को नाम सृष्टिकान्त लोकेश्वर हो । ती देवता पहिला कादिलह भएको समयमा ललितपुरका बुंगमतीमा थिए भन्दछन् । पछि भोटेले चोरेर भोटतिर लगेर राखेका बेलामा, बोक्न नसकेपछि, हिलोमा फालेर गएको हिलो भनेको नेवारी भाषामा (ना) हो । नाः (हिलो) मा पाएको हुनाले यसलाई नाला मत्स्येन्द्रनाथ पनि भन्दछ ।

जनकपुरमा अन्तर्गहत परिक्रमा गर्दछ र गणगोर पूजा सुरु हुन्छ । त्यस क्षेत्रका मानिसहरूले यो पर्व मनाउँदछ । तृतीयाका दिनमा यस नाला लोकेश्वर देवताको जात्रा हुन्छ । त्यस भेगका बासिन्दाले यसलाई ठूलो पर्वको रूपमा लिइएको पाइन्छ । यस दिन आफन्त, इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । अष्टमीको दिनमा काठमाडौं देवपटन (गोले) मा बत्सलेश्वरी जात्रा सुरु हुन्छ । त्यस्तै ब्रहृम टोलमा बुद्ध बिहारमा बुद्ध जात्रा हुन्छ । यो अहिलेसम्म चलेर आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?