काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिले प्रथम ग्रिल तथा स्टिल व्यवसायी फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विजयी खेलाडीलाई शिल्ड, पदक र नगदद्वारा सम्मानित गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले वर्षभरि आफ्नो व्यवसायमा व्यस्त भइरहने ग्रिल तथा स्टिल व्यवसायीलाई खेलले रिफ्रेसमेन्टसँगै स्वस्थ र अनुशासनमा रहन सहयोग पुग्ने भन्दै देशव्यापीरूपमा फुटबललगायतका अन्य खेल आयोजना गर्न ग्रिल तथा स्टिल व्यवसायीलाई आग्रह गर्नुभयो । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रिल उद्योग पूर्णरूपमा सञ्चालन हुन नसक्दा भाडा तिर्न, कर्मचारीलाई तलब दिन र बैंकको ब्याजसमेत तिर्न नसकिरहेको अवस्थामा पूर्वी क्षेत्रीय समितिले व्यवसायीमा छाएको नैराश्यता कम गर्न फुटबल प्रतियोगिता सञ्चालन गरेकोमा प्रशंसा गर्नुभयो ।
कटुवालले ग्रिल स्टिल व्यवसायीका समस्या समाधान गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वी क्षेत्रीय समिति अध्यक्ष विष्णुकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठ, निवर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेस ठकुरीलगायतको उपस्थिति रहेको थियो । काठमाडौंभित्र रहेका १४ इकाई समिति, काठमाडांै, ललितपुर जिल्ला र महासंघ टिमले प्रतियोगितामा भाग लिएका थिए भने पश्चिम क्षेत्रअन्तर्गत पर्ने सानो भ¥याङ, ठूलो भ¥याङ इकाई समिति विजयी भएका थिए । पूर्वी क्षेत्रीय समितिअन्तर्गत रहेको कपन इकाई समिति उपविजेता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच