सेयर बजार नेप्सेको ओरालो यात्रा कायमै

Read Time = 2 mins

काठमाडौं । केही दिनदेखि ओरालो लागेको नेपाली सेयर बजार नेप्से बुधबार पनि ७ अंकले ओरालो लागेको छ ।
नेप्सेमा बुधबार ७.१९ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैया र मैलुङखोला जलव्यिुत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाले बढेर ५२८ रुपैया पुगेको छ ।

त्यस्तै नेप्सेमा शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाले घटेर ९२४ रुपैया पुगेको छ । सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालो लागेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?