काठमाडौं । लोकप्रिया पुरस्कार साहित्यकार सिर्जना शर्मालाई प्रदान गरिने भएको छ । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले विसं २०८० को लोकप्रिया पुरस्कार साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको थियो । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा पद्यावती सिंह र पारश नेपाल सदस्य रहेको सिफारिश समितिले सो पुरस्कार सिफारिश गरेको थियो ।
साहित्यकार सिर्जना शर्माका अन्त्यहीन पहिराहरू (कथासंग्र्रह २००५), गोल्डेन गेट (उपन्यास २०१४), जुनकीरीको उडान (मुक्तकसंग्र्रह २००५) लगायत डेढ दर्जन कृति प्रकाशित छन् ।
विसं २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गर्नुभएको हो । नगद दश हजार एक सय राशी रहेको यो पुरस्कारबाट यसअघि साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनिता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष, लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा, प्राडा.उषा ठाकुर, सुशीला भण्डारी, रञ्जुश्री पराजुली, उन्नती बोहरा ‘शीला’, गोमा शर्मा (गुहावटी), रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पुनम काफ्ले, अमेरिका, गंगा कसजु, डा.ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री (दार्जीलिङ), वीणा हांखिम (दार्जीलिङ), डा.पुष्पा शर्मा (सिक्किम) र लतिका जोशी (सिलगढी) सम्मानित भइसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच