हुम्ला । हुम्लामा रहेको लामा साँस्कृतिक मञ्चको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लामा बस्ने लामा समुदायको पहिचान र एकताबद्ध हुनु पर्छ भन्ने सन्देश दिनका लागि यो मञ्च २०६२ सालमा स्थापना गरिएको थियो ।
शनिबार उद्दघाटन सत्र सम्पन्न गरी छेपाल दोर्जे लामालाई सर्वसहमतिबाट मञ्चको अध्यक्ष पदमा निर्वाचित गरिएको छ । सांस्कृतिक मञ्चको अध्यक्षमा लामासहित ११ जना सदस्य निर्वाचित भएका छन् । जसमा उपाध्यक्षमा प्रेमबहादुर लामा, कोषाध्यक्षमा छिरिङ पाल्मु लामा, सचिवमा सूर्य बहादुर लामासहित सह–सचिवमा स्याराप छिरिङ लामासहितका अन्य सदस्य पदाधिकारी चयन भएको जानकारी प्राप्त भएको छ ।
आजै भएको चौथो अधिवेशनका अध्यक्ष तथा निवर्तमान अध्यक्ष धर्मानन्द लामाको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को प्रमुख आथित्यमा यो कार्यक्रम सञ्चालन भएको थियो । चौथो जिल्ला अधिवेशन कार्यक्रममा आफ्नो कार्यकालमा भएको कार्य प्रगती प्रतिवेदनको विवरण प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकाया भामले लामा सांस्कृतिक मञ्चले एकदमै राम्रो काम गर्दै आएको बताउनुभयो । अहिलेको अवस्थामा चाहिने भनेको पारदर्शिता हो । जिल्लाका दुई वटा गाउँपालिकाका बासिन्दा एउटै ठाउँमा बसेर एकताको भावना र एकताको सन्देश सधैंभरी रहिरहोस भनी लामा समुदायको मित्रताको भावना कहिल्यपनि नटुटोस भनेर शुभकामना दिनुभएको थियो । आफ्नो तर्फबाट सक्ने जति सहयोग गर्ने प्रतिवद्धता उपाध्यक्ष रोकाया (भाम)ले जनाउनुभएको थियो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले लामा सांस्कृतिक मञ्चले आफ्नो धर्म र संकृतिको संरक्षण गरेको बताउनुभयो । यो समुदायले एकता र सदभावको प्रतिकको रुपमा काम गरेको अध्यक्ष भण्डारीको भनाई थियो । धन र विद्या भन्दा ठुलो सभ्यता र पहिचान भएको बताउँदै अध्यक्ष भण्डारीले बताउनुभयो ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, प्रहरी निरिक्षक नरेन्द्र चन्द, सामाजिक विकास कार्यलयका प्रमुख हर्क बहादुर बस्नेत, सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका लामा समुदायका नागरीक लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच