राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गर्नुभएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?