शिक्षक संघमा भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नेपाल शिक्षक संघ, नवलपरासी नेतृत्वका लागि भोजराज चापागाईं र वृजराज कुशवाहा चुनावी मैदानमा होमिनु भएको छ । संघको ९ औं अधिबेशनका लागि चापागाईं र कुशुवाहा दुबैजनाले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वका लागि दाबी गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्षमा अरबिन्द्रकुमार पाठक र कर्दमकुमार क्षेत्री, सचिवमा इन्द्रबहादुर चौधरी र बसन्त राज पराजुली, अर्थ सचिवमा कुन्जबिहारी चौधरी र पुर्णकान्त गिरी, सहसचिवमा अर्जुनप्रसाद पाण्डे र फुजेल अहमद खाँले उम्मेदवारी दिनु भएको छ ।

त्यस्तै जिल्ला सदस्यमा खुल्ला तर्फ चार जनाका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बिरेन्द्रकुमार यादव, दिनेशकुमार उपाध्याय, गोविन्दप्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्यले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा चार जनाका लागि आठ जनाको उम्मेदवारी परेको छ । जसमा त्रिभुवन शर्मा ढुंगाना, हरिकुमार ढकाल, इन्देश गुप्ता, चुडामणि भण्डारी, दमोदर भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे, र रमेश कुमार पाण्डेले उम्मेदवारी दिनु भएको छ । संघीय महाधिवेशन प्रतिनिधि महिला २ जनाका लागी खगेश्वरी शर्मा, मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी गरि तीन जनाले उम्मेदवारी दिनु भएको छ ।

संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा तीन जनाका शुक्रराज भट्टराई, गोविन्द प्रसाद गौतम, बिनोद खनाल, पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवाली र दिपक भट्टराई गरि सात जनाले उम्मेदवारी दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?