
कालीकोट । कालीकोटमा आगलागीमा परि ज्यान गुमाएका खाँडाचक्र नगरपालिका–५ का ५० वर्षीय नन्दराम चौलागाईं र १२ वर्षीया हेमन्ती चौलागाईंका परिवारलाई ‘बचाउ अभियान’ अन्तर्गतको सहयोग संकलन रकम हस्तान्तरण गरिएको छ ।
आगलागीबाट घाइते बाबुछोरीको उपचारका लागि सामाजिक अभियान्ता तथा सफल व्यवसायी हिरामणी चौलागाईं सहितको टोलीले सदरमुकाम मान्मबजार तथा देश विदेशबाट सहयोग संकलन अभियानको थालनी गरेका थिए ।
चैत २ गते खाँडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोबाट बाबुछोरी घाइते भएका थिए । घाइते बाबुछोरीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला हुँदै उपचारका लागि प्रदेश अस्ताल सुर्खेत लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि बाबुछोरीले नै ज्यान गुमाउनु परको थियो ।
उनिहरुको उपचारका लागि उठाइएको रकम पठाउन नपाउँदै बाबुछोरीको नै मृत्यु भएपछि मृतक नन्दारामको १३ औँ दिनको पुण्डय तिथिको अबसरमा उपचारका लागि उठेको २ लाख, ४० हजार, ३८२ रुपैयाँको चेक हस्तान्तरण गरिएको सामाजिक अभियान्ता तथा व्यवसायी हिरामणी चौलागाईँले बताउनुभयो
दुःखको समयमा हर कोसिस गरेर भएपनि बचाउनका लागि रकम संकलनको अभियान थाल्यौ तर बचाउन सकेनौ दुःखको कुरा उक्त रकम परिवारलाई सहयो गर्र्याै ‘चौलागाईंले भन्नुभयो ।’
यस्तै खाँडाचक्र नगरपालिकाले पनि मृतक चौलागाईंका परिवारलाई ३ लाख ८० हजार रुपैयाँ सहयोग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच