
बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक संकेत गरेको नीति निर्माताहरूले बताएका छन् । चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचांक मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्यांक ब्यूरो (एनबीएस) का अनुसार यो सूचांक गत फेब्रुवरीमा ४९.१ विन्दुमा रहेको थियो ।
पिएआई सूचांक ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको संकेत हो । यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र देखिएको थियो । ब्लूमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो ।
कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाब समेतका समस्या देखिएका थिए ।
अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो । बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महŒवाकाँक्षी भन्दै चीनको आलोचना गरेका थिए ।
चिनियाँ अधिकारीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरू घोषणा गरेका थिए जसबाट मिश्रित परिणामहरू हासिल भएका थिए । तर, एउटा सकारात्मक पाटोका रूपमा फेब्रुवरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो ।
चीनको गैर–औद्योगिक उत्पादनको पिएमआई सूचांक भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो । गतवर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था रहेको थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले शृंखलाबद्ध रूपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो ।
आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कूल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो । तर यस वृद्धिलाई अर्थशास्त्रीहरूले चीनले बढाइचढाइ गरेको दाबी गरेका थिए । चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरूपछि सबैभन्दा कमजोर थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच