काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण समग्र बजारमा सामान्य प्रभाव पर्न गई सुनको मूल्य बढ्न सहयोग पुगेको विश्लेषकले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९९ हजार २५ रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार ९९ हजार आठ सय ८० मा पुगेर शुक्रबार ९९ हजार सात सय १० रुपैयाँ कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम छ सय ८५ रुपैयाँले बढी हो ।
यस साता चाँदीको मूल्य स्थिर रहृयो । साताको पहिलो दिन एक हजार दुई सय ४३ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच