अगुवा कृषकलाई हाते ट्रयाक्टर लगायतका सामाग्री बाँड्दै गाउँपालिका

फाइल तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले पालिका भित्रका अगुवा कृषकहरुलाई हाते ट्रयाक्टर लगायतका सामाग्रीहरु बितरण गर्न सुरु गरेको छ । गरिबी निवारण लद्यु उद्यम कार्यक्रम अन्तर्गत कृषकहरुलाई खेती गर्न सहज हुने सामाग्रीहरु बितरण गर्न सुरु गरिएको हो ।

गाउँपालिका क्षेत्र भरी कृषिमा यान्त्रिकरण गर्ने उद्धेश्यले पौवादुङमा गाउँपालिकामा रहेका विभिन्न कृषि समूहमा समावेश भएका कृषकहरु र व्यक्तिगत फर्महरुलाई कृषि औजारहरु हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “कृषकहरुले गर्दै आएको काममा थप सहयोग पुगोस भनेर कृषि सामग्री हस्तान्तरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने उद्धेश्यका साथ पालिकाले निरन्तर काम गरि रहेको छ ।”

गाउँपालिकाको वडा नम्वर १ श्यामशिलाका १३ अगुवा कृषकहरुलाई मंगलवार हाते ट्रयाक्टर बितरण गरिएको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदान र कृषक २० प्रतिशत लगानीमा कृषकहरुलाई कृषि सामाग्रीहरु बितरण गरिएको हो । वडाका कृषकहरुलाई सहयोग गरिएको सामाग्रीले खेती गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।

गाउँपालिकाले वडा नम्वर ६, ठुलोदुम्माका स्थानीय कृषकलाई समेत कृषि सामग्री हस्तान्तरण गरेको छ । वडाका कृषकहरुलाई चार ओटा मिनिटिलर, ३१ ओटा इलेक्ट्रिक स्प्रे, मल्चिङ प्लाष्टिक ४७ थान, १४ थान प्लाष्टिक पोखरी, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको छ ।

‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’ वडाध्यक्ष दक्ष कुमार राईले भन्नुभयो, “गाउँपालिकाको नीति अनुसार कृषकलाई आर्थिकरुपमा सक्षम बनाउने लक्षका रहेको छ ।” स्वास्थ्य, शिक्षा, कृषि, पयर्टन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको बिकासमा बिशेष योजना सहित गाउँपालिकाले कार्य गर्दे आई रहेको गाउँपालिकाले जनाएको छ । महिलालाई समेत कृषि उद्यममा जोड्ने लक्ष सहित गाउँपालिका भित्र रहेका छ वटै वडामा एक लाख बराबरको थप कार्यक्रम समेत सञ्चालन भईरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?