बहिरा आवासीय विद्यालयलाई मिलन केन्द्रको सहयोग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर जिल्लामा क्रियाशिल लघुबित्त बित्तीय संस्थाहरुको छाता संगठन लघुबित्त कर्मचारी मिलन केन्द्रले विद्यालयलाई बिभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।

भोजपुर नगरपालिका वडा नम्वर ९ मा संचालित भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयलाई केन्द्रले बिभिन्न सामाग्रीहरु सहयोग गरेको हो ।

सदरमुकाममा संचालित एक मात्र बहिरा आवासीय बिद्यालयलाई शुद्ध खानेपानीका लागि आवश्यक सामाग्रीहरु सहयोग गरिएको लघुबित्त कर्मचारी मिलन केन्द्र भोजपुरका अध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

अध्यक्ष आचार्यले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ती सामाग्रीहरु बितरण गरिएको बताउनुभयो । वडा नम्वर ९ का वडाध्यक्ष रामबहादुर तामाङ तथा विद्यालयका प्रधानाध्यापकसरिता तामाङको उपस्थितीमा सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

भोजपुर जिल्ला बिभिन्न नामका गरी १३ वटा लघुवित्त वित्तीय संस्था संचालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?