इन्मेष्टमेन्ट मेगा बैंक ३८ औँ वर्षमा

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको भन्दै ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको दाबी गर्नुभयो ।

बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । साथै बैंकले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ भने वार्षिकोत्सवकै अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?